Thursday, December 2, 2010

‘सुन्दर’ आमाहरुले छोरी जन्माउछन्


एउटा नयाँ शोधका अनुसार जुन दम्पत्ति शारीरिक रुपले सुन्दर र स्वस्थ छन् उनीहरुले सामान्यतः छोरीलाई जन्म दिने गर्दछन् । लण्डन स्कुल अफ इकोनोमिक्सका मनोचिकित्सक सातोशी कानाजावाले आफ्नो शोधका क्रममा महिलाहरुको सुन्दरताले उनीहरुको सन्तानको लिङ्ग तय गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्ता लगाएका हुन् ।
यसका लागि सातोशीले एउटा सर्वे गराएका थिए । सातोशीले १९५८ मा जन्मेका १७००० महिलाको आंकडा एकत्र गरे, सो आंकडामा उनीहरुको पारिवारिक जानकारी त थियो नै साथमा यो जानकारी पनि थियो कि जब उनीहरु लगभग ७ वर्षका थिए तब उनीहरुका अध्यापकले उनीहरुलाई कुन श्रेणीमा राख्दथे । सुन्दर वा सामान्य । यसपछि जब उनीहरु ४५ वर्षको उमेरका भए तब उनीहरुको कति सन्तान थिए र उनीहरुको लिङ्ग के थियो यसबारेमा जानकारी प्राप्त गरे ।
सो क्रममा कानाजावाले पाए कि ‘सुन्दर’ ठहर गरिएका बालिकाहरुमध्ये ८४ प्रतिशतले पछि गएर समान प्रमाणमा बालक र बालिकालाई प्रथम सन्तानका रुपमा जन्म दिए तर सामान्य रुपरङ्गका बालिकाहरुले पछि गएर अधिकांशले बालकलाई जन्म दिए । कानाजावाका अनुसार महिलाहरुको शारिरीक सुन्दरताले उनीहरुको सन्तानको लिङ्ग तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। एजेन्सी

0 comments:

Post a Comment