Tuesday, November 30, 2010

सुस्मितालाई नयाँ फ्रेण्ड


नायक भुवन के.सी र सुस्मिता के.सीवीच दुईपटकसम्म सम्वन्ध विच्छेद भयो, सम्वन्ध विच्छेद पछि पनि यी दुइ जोडीले एक साथ एउटै कोठमा कयौं रात विताए । तर अब दिन फेरिए जस्तो छ । सुस्मिताले नयाँ व्वायफ्रेण्ड भेटाएकी छन् । त्यसैले अब भुवन र सुस्मिताको जीवन अलग अलग हुने सम्भावना छ । सुस्मिता अर्थात रञ्जना बम्जनकी नयाँ प्रेमी हुन अनुराग कुँवर । यी दुईजनालाई पछिल्लोपटक बालाजुमा एक साथ देखिएको थियो । त्यो पनि मदिराले मातेको अवस्थामा । लक्ष्मी पूजाको पूर्वसन्ध्यामा अनुराग, सुस्मिता र अरुणिमा लम्साल नायक आर्यन सिग्देलले चलाएको गाडीमा घाम छादै नागार्जुनबाट माथि लागेका थिए । उनीहरु मध्यरातमा मात्रै बालाजुमा आइपुगेका थिए । बालाजु आएपछि आर्यानले चलाएको गाडीले मोटरसाइकललाई धक्का दिएको थियो । गाडीले मोटरसाइकललाई हानेपछि जम्मा भएको भीडले सुस्मिताका नयाँ व्वायफ्रेण्ड अनुराग कुँवरलाई देखेका थिए । यही घट्ना हुँदा आर्यनसाग सागै बसेकी अरुणिमाले भने मुख छोपेर आफूलाई जोगाएकी थिइन् । अरुणिमाको पनि अर्कै युवकसाग विहे भैसकेको छ । त्यसो त पटक पटक अरुणिामाको विवाह संकटमा परेको खबर आइरहे पनि सम्वन्ध विच्छेदकै अवस्थासम्म भने पुगेको छैन ।

0 comments:

Post a Comment