Sunday, November 28, 2010

सरोज फर्किए 'मानव' मार्फत


काठमाडौं । सरोज खनाल फेरि नेपाली सिनेमा जगतमा 'मानव' मार्फत फर्कने भएका छन् । मानवमा पोखरेली युवती श्वेता भट्टराईसँग अनस्क्रिन रोमान्स गर्दैछन् । श्वेता र अर्की मोडल दीपशिखा पनि अभिनेता सरोजको अपोजिटमा देखापर्दैछन् ।
निर्देशक यादव सिलवाल यतिबेला सरोजलाई लभरब्वाइका रुपमा देखाउन लागिपरेका छन् । यस्तो लभरव्वाइ कि अघिल्लो सिनेमा प्रेमपिण्डमा भन्दा पनि तपाईं सरोजलाई जवान पाउनुहुनेछ आफ्नो चौंथो प्रोजेक्टबारे सिलवालले भने फर्मुला फिल्म भएपनि सरोजजी एक्सन, कमेडी, फेन्टासी र सबै अभिनय रसमा जम्नुहुनेछ ।तीनसातापछि अमेरिका फर्कन लागेका सरोजले साताअघि 'मानव'लाई साइन गरेका थिए । अनस्क्रिनमा रातेकाइँला उर्फ सुनिल थापासँग सरोजको घमासान पर्नेछ । 'यो प्रोजेक्टका लागि सरोजजीलाई दुइवर्षभन्दा बढी कुरेको थिएँ र उहाँ आएपछि काम गर्न लागेको हुँ' सिलवाल भन्छन् 'उहाँका अघिल्ला फिल्ममा भन्दा पूर्णरुपमा गेटअप र भूमिकामा प्रस्तुत गर्न लागेको हुँ ।' सरोजसँग सँगै काम गर्न लागेका मोडलद्धय दीपशिखा र श्वेता पनि उत्साहित छन् । श्वेताले यसअघि सिलवालको अघिल्लो प्रोजेक्ट 'तिमी जहाँ भएपनि'बाट डेब्यु गरेकी थिइन् जुन सिनेमा आगामी मध्यमाघमा रिलिज हुँदैछ । यहाँसम्मकी 'मानव'लाई ड्रीमप्रोजेक्ट बताएका सिलवालले सरोजका लागि भनेरै स्क्रिप्ट तयार पारेका थिए । १४ वर्षपछि यी हिरोले नेपाली सिनेमा कमब्याक गरेका हुन् ।
कुमार आचार्य निर्माता रहेको मानवको शनिबार मुहुर्त गरिएको छ ।

0 comments:

Post a Comment