Saturday, December 4, 2010

वाईसीएलद्वारा प्रहरीमाथि आक्रमण, दुई प्रहरी घाइते

पाँचथर, मंसिर १८ । माओवादी भातृ संगठन वाईसीएलले पाँचथरमा शुक्रबार राति ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने वाईसीएलका जिल्ला अध्यक्ष लेन्जो भन्ने योगेन्द्र साउदेनसहित तीनलाई प्रहरीले मध्यरातमै पक्राउ गरेको छ । सदरमुकाम फिदिमबजारको ठाडो लाइनमा रहेको बबिता पान पसलमा पान खाएर रकम नतिरी उल्टै व्यवसायीलाई कुटपीट सुरु गरेपछि पुगेको प्रहरीमाथि वाईसिएलले आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार खड्ग श्रेष्ठ र जवान सुन्दर राई घाइते छन् । वाईसिएल अध्यक्षको नेतृत्वमा रहेका १०-१२ जना कार्यकर्ताले प्रहरी पुग्नासाथ एक्कासी आक्रमण गरेको प्रहरी नायब उपरिक्षक राजेशनाथ बाँस्तोलाले बताउनु भयो । वाईसीएलले प्रहरीको बर्दी च्यातिदिनुको साथै सञ्चार सेटसमेत मिल्काइदिएको थियो । मादक पदार्थ सेवन गरेको वाईसिएल समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरीको दाबी छ ।

0 comments:

Post a Comment