Sunday, November 28, 2010

मनिषाको डिभोर्स !


कलिउड र बलिउडमा यो साता मनिषा कोइराला निक्कै चर्चामा रहिन्, कारण थियो मनिषाको बाँसवारी घरबाट माइतीमा बसाईसराईं । माइतीमा बसाई सराई भएपछि केही सञ्चारमाध्यमले मनिषा डिभोर्स चाहन्छिन् भन्ने समाचार छापे । त्यसलाई पुष्टि गर्न मनिषाको फेसबुक स्टाटसलाई पनि केही सञ्चारमाध्यमले प्रयोग गरे, भारतीय मिडियाले मनिषाको फेसबुक स्टाटसमा सुरुमा डिभोर्सको प्रसङ्ग राखेको र पछि हटाएको दावी समेत गरे ।
यही पाँच महिना अघि मात्र विवाह गरेका मनिषा र सम्राट दाहालवीच डिभोर्स हुँदैछ भनेर हल्लीखलली पनि मच्चियो । हल्लाखल्लालाई शान्त पार्दै मनिषाले खण्डन जारी गरिन्, ‘यो सबै मिडियाको हल्लावाजी मात्र हो, सम्राट र मेरोवीच अल इज वेल छ ।’भारतीय सञ्चारमाध्यमहरु मनिषाका साथिहरुलाई उद्घृत गर्दै लेख्छन्, मनिषा र सम्राटवीच आम श्रीमान-श्रीमतीवीच जस्तै विवाद थियो, गम्भीर कुनै मुद्धा थिएन् । अहिलेलाई यो मुद्धा सल्टिएजस्तो छ, किनकी मनिषा र सम्राट एकअर्कालाई निक्कै चाहन्छन् र प्रेम पनि गर्छन् ।

0 comments:

Post a Comment