Friday, December 3, 2010

चौध हजार भूटानी शरणार्थी अमेरिका जाने


काठमाडौ । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री सुजाता कोइराला र दक्षिण एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री एलिस्सा एग्रेजबीच पराराष्ट्र मन्त्रालयमा शुक्रबार भेटवार्ता भएको छ।
भेटका अवसरमा दुई देशबीचको सम्बन्ध तथा सहयोगका बारे छलफल भएको थियो । संयुक्त राज्य अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग राशिको वृद्धि र द्विपक्षीय व्यापार विस्तारबारे पनि छलफल भएको थियो ।
अमेरिकी उपसहायक विदेशमन्त्री एलिस्साले दुई देशबीच सम्बन्ध विस्तारका साथै द्विपक्षीय सहयोग विस्तारबारे कुराकानी भएको जानकारी दिनुभयो ।उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले अमेरिकाले नेपालको विकासका लागि थप सहयोग गर्ने इच्छा व्यक्त गरेको बताउनुभयो ।नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले व्यापार, विकास र वातावरणका क्षेत्रमा दुवै देश मिलेर काम गर्नसक्ने बताउनुभयो ।
राजदूत डेलिसीले आगामी साताहरूमा करिब १४ हजार भुटानी शरणार्थी अमेरिका जान लागेको जानकारी पनि दिनुुुभयो ।

0 comments:

Post a Comment