Tuesday, November 30, 2010

क्यानाडाको भाग्यमानी नेपालीले पारे चार मिलियन डलर


क्यानाडा। पचास वर्षिय हेमलाल तिम्सिना क्यानाडामा पहिलो भाग्यमानी नेपाली बन्न पुगेका छन् । उनले आफ्ना अरु तीनजना सहकर्मीसंग मिलेर सिक्स फोर्टीनाइन चिठ्ठाको १६ मिलियन डलर जितेका छन् ।
यो रकम चार जनामा बराबरी बाँड्दा हेमलालको हातमा चार मिलियन अर्थात ४० लाख डलर पर्ने छ । दक्षिण अल्बर्टा प्रान्तको लेथब्रीजको Lethbridge Ironworks मा काम गर्ने डन जेक्लिन, पेट्रीक रोसेटी र रिचर्ड करसंगै काम गर्दै आएका हेमलालले विगत दुई वर्षदेखि संयुक्त रुपमा चिठ्टा किन्दै आएका थिए ।
तर नोभेम्बर १३ को १६ मिलियन डलरको विजयी नम्बर ५, १५, २७, ३५, ३८ र ४७ भएको टिकट उनीहरुको रहेको घोषणा भएपछि खुशी भएर हेमलालले आफु ऋण मुक्त हुने, छोराछोरीहरुका लागि गाडी किनी दिने र यात्रा गर्ने इच्छा रहेका बताएका छन् ।

0 comments:

Post a Comment