Monday, November 29, 2010

गोप्यता जोगाउने अन्डरवयर बजारमा


काठमाडौं । अब मेडिकल परिक्षण गर्दा वा अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा ब्यक्तिको गोप्यता भंग नहुने भएको छ । यसको लागि रकी फ्याट्स गिअर कम्पनीका डिजाइनर जेफ बस्क धन्यवादको पात्र बनेका छन् । उनले हालै एक विशेष किसिमको अन्डरवयरको डिजाइन गरेका छन्, जुन लगाएपछि पुरुष/महिलाको गुप्ताङ्ग डिजिटल स्कि्रनरले कैद गर्न सक्ने छैन । गोप्यता कायम राख्न अन्डरवयरको बीचमा फलामको धुलोबाट फिग लिफ राखिएको डिजाइनर बस्कले द मैनिची डेली न्यूज अनलाइन संस्करणलाई बताए । अन्डरवयर निर्माणको लागि टङ्स्टेन, फलामको धुलोलगायत पारदर्शी बस्तु प्रयोग गरिएको र शरिरको आकारसग मेल खाने भएकोले लगाउन सजिलो हुनुको साथै कुनै पनि सामाग्री लुकाई छिपाई लैजान नमिल्ने अमेरिकाको लस भेगस बस्ने बस्कले जनाए । उक्त अन्डरवयरको परिक्षण स्कि्नरले सजिलै गर्न सक्नेछ ।
पुरुषको अन्डरवयर फिग रुखको पात आकारमा रहेको छ भने महिलाको भने मुठ्ठी बाधिएको हातको आकारमा रहेको छ । तर जापानको फेडरल यातायात प्रशासन अधिकारीहरुले अन्य कडा जाँचको प्रावधान ल्याउनेबारे भने अझै यकिन हुन सकेको छैन ।

0 comments:

Post a Comment