Wednesday, December 1, 2010

यसपालिको डिभोर्स वास्तविक -भुवन केसी


भनिन्छ कि नाम जत्तिको कमाएका छन् बद्नामी पनि उत्तिकै भएका छन् भुवन केसी। altतर, यो कुरा मान्न उनी तयार छैनन्। 'यो त मेरो डाह गर्नेहरूले चलाउने हल्ला हो,' यसै भन्छन् उनी। कहिले पारिवारिक कारण त कहिले के? कहिले सिनेमाकै कारण त कहिले अन्य? यस्ता विविध कारणले चर्चामा आइरहने भुवन यसपटक पनि चर्चामा आएका छन् नायिका एवम् आफ्नै श्रीमती सुष्मिता केसीसँगको सम्बन्धविच्छेदका कारण।
० सुष्मिता केसीको के छ खबर?– को सुष्मिता?
० तपाईंकी श्रीमती, अरू को हुनु नि?– पहिला उनी मेरी श्रीमती थिइन्, अहिले रहिनन्।
० तपाईंको सिनेमा 'साथी म तिम्रो' रिलिज हुँदै छ। त्यसै सिनेमाको चर्चाका लागि यस्तो गर्नुभएको हल्ला छ नि?
– कुनै समय यस्तो पनि गरियो। तर, अहिलेको सम्बन्धविच्छेद कुनै स्टन्टका लागि होइन, वास्तविक हो। म यो स्पष्ट पार्न चाहन्छु।० अहिले सुष्मिता कहाँ हुनुहुन्छ त?– नजाने गाउँको बाटो किन सोध्ने।
० तपाईंहरूको छोरा अनमोल केसी नि?– छोरो त मैसँग छ नि।
० किन भयो नि सम्बन्धविच्छेद?– मलाई उसको केही व्यवहार निकै घृणित लाग्यो।
० तपाईं पनि त ठीक हुनुहुन्न भन्छन् नि?– यी त सब भन्ने कुरा न हुन्।
० सुष्मिता र भुवनको यो झगडाले तपाईंको नयाँ चलचित्र 'साथी म तिम्रो'लाई असर पर्दैन?
– केही असर पर्दैन। सुष्मितालाई हिरोइन भनेर मैले चिनाएको र ल्याएको हुँ। उसले भुवन केसीलाई चिनाएकी होइन।
० बजारमा तपाईं आज जहाँ हुनुहुन्छ त्यसमा त सुष्मिताको ठूलो हात छ भन्छन् नि?
– यो गलत मूल्याङ्कन हो। सुष्मिता मेरो जीवनमा आउनुअगाडि पनि भुवन नेपाली चलचित्रमा जमेर नै बसेको हिरो हो। बरु उसलाई मैले सडकबाट महलमा पुर्याएको हुँ।० तपाईं पनि त केटीको मामिलामा छुपेरुस्तम हुनुहुन्छ नि, होइन र?
– अहिले त्यतातिर नजाऊँ।० भनेपछि अहिले तपाईं एक्लै हुनुहुन्छ। कस्तो चलिरहेको छ त एक्लो जीवन?
– सधैं तनावयुक्त साथ पाउनुभन्दा स्वतन्त्र भएर एक्लै जीवन जिउनु राम्रो हुँदोरहेछ।

0 comments:

Post a Comment