Monday, November 29, 2010

रगतबाट उमेर थाहा हुन्छ

बैज्ञानिकहरुले एउटा यस्तो प्रविधिको विकास गरेका छन् जसबाट कुनै पनि अपराधस्थलबाट प्राप्त संदिग्ध रगतबाट उक्त रगत छोड्ने व्यक्तिको उमेर अनुमान गर्न सकिन्छ।
विशेषज्ञहरुका अनुसार यो प्रविधिलाई फोरेक्सिक बैज्ञानिकहरुले प्रयोग गर्न सक्नेछन् । जसबाट अनुसन्धान अघि बढाउन सहयोग पुग्नेछ/यो प्रविधि अन्तर्गत रगतमा बग्ने टी-कोशिकाको लक्षणहरुको अध्ययन गरिन्छ। टी-कोशिले कुनै पनि बाहिरी हमला जस्तो ब्याक्टेरिया, भाइरस वा ट्युमर कोशिकाहरु पहिचान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसक्रममा सानो गोलाकार डीएनए अणु बन्दछ तर यसको संख्या उमेरसँगसँगै नियमित दरले कम हुँदै जान्छ।
यो काम नेदरल्याण्डसमा शोधकर्ताहरुको एउटा टीमले गेको हो । यो शोधको प्रकाशन करेन्ट बायोलजीमा गरिएको छ। करेन्ट बायोलजीमा बैज्ञानिकहरुले आफ्नो यो विकासको माध्यमबाट जीवन विज्ञानको त्यो तथ्य बताएका छन् जसबाट कुनै पनि व्यक्तिको सही र सटिक उमेर अनुमान गर्न सकिन्छ। यसमा हरेक व्यक्तिलाई एउटा अलग अलग उमेर श्रेणीमा राखिएको छ। र यसमा उमेरको दायरा बीस वर्ष राखिएको छ। नयाँ प्रविधिको माध्यमबाट कुनै पनि व्यक्तिको उमेर अनुमान गर्न सकिन्छ तर असली उमेर र अनुमानित उमेरमा ९ वर्षसम्मको फरक हुन सक्दछ।
डीएनए जानकारीको माध्यमबाट कुनै पनि व्यक्तिको कपाल वा आँखाको रङ्ग पत्ता लगाउनु फोरेक्सिक क्षेत्रमा नयाँ हो । इरेस्मस युनिभर्सिटी मेडिकल सेन्टर रांट्टडेमका मुख्य शोधकर्ता मेनफ्रेड केयसरका अनुसार अनुसन्धानबाट डीएनएको माध्यमबाट मनुष्यका बारेमा सबैभन्दा सटिक जानकारी प्राप्त हुन सक्दछ। फोरेन्सिक क्षेत्रमा परम्परागत डीएनएको जाँचबाट जाँचकताएहरुले त्यही व्यक्तिको पहिचान गर्न सक्नेछन् जसको बारेमा पहिला जानकारी हुन्छ।
सबै फोरेन्सिक प्रयोगशालाहरुका सामु त्यो मामिला आउने गर्दछ जसको बारेमा घटनास्थलमा प्राप्त प्रमाणको आधारमा जुन डीएनए जानकारी प्राप्त हुन्छ त्यो संदिग्ध व्यक्तिमा भएको जाँचसँग मेल खाँदैन र न अपराधिहरुको तथ्यहरुसँग सम्बन्धित आँकडाहरुसँग नै। यस्तो बेला कुने पनि व्यक्तिका बारेमा प्राप्त प्रमाणमा रुप-रङ्गको अनुमान गर्न सकिन्छ र कुनै अनजान व्यक्ति खोज्न सहयोग पुग्न सक्छ। बीबीसी

0 comments:

Post a Comment