Saturday, December 4, 2010

घरमा आगो लगाएर छोराले बाबुलाई मारे


दोलखा, मंसिर १८। दोलखाको घ्याङसुकाठोकर गाविसमा एक व्यक्तिले घरमा आगो लगाएर आफ्ना बाबुको हत्या गरेका छन्।
घ्याङसुकाठोकर गाविस–६ का दलबहादुर खड्काले मादकपदार्थ सेवन गरी गएराति आफ्ना बुबा ७५ वर्षीय पदमबहादुर खड्काको हत्या गरेका स्थानीयवासीले बताएका छन्। घरायसी विवादले उग्ररुप लिएपछि दलबहादुरले राति आठ बजे घरमा आगो लगाएका थिए। घरमा आगजनी गर्दा उनीकी श्रीमती र बाबु घरभित्रै थिए। झ्यालबाट फाल हालेर उनकी श्रीमतीले ज्यान जोगाएकी थिइन्।
आगलागीबाट दुई लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ। घरमा आगो लगाएर फरार रहेका दलबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment