Sunday, November 28, 2010

एकाएक युवतीको लास गायव

लहान। तीन दिनअघि हत्या गरी सिरहाको महनौरमा फ्याँकिएकी एक अविवाहित युवतीको लास अझसम्म फेला परेको छैन ।
बलही घर भएकी साह थरकी युवतीको लास यही मङ्सिर १० गते बुढियाचाप नजिक कल्भर्टमुनि मृत अवस्थामा देखिएको स्थानीयवासीले बताएका थिए ।
तर मङ्सिर ११ गते बिहान सो ठाउँमा प्रहरी पुग्दा ती युवतीको लास गायब भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घाँटी रेटेर हत्या गरिएकी ती युवती गर्भवती रहेका कारण मृत्यु शङ्कास्पद रहेको प्रहरीले जनाएको छ

0 comments:

Post a Comment