Saturday, December 4, 2010

निजी विमान चढ्ने भारतका अर्बपतिहरू


भारतीय अर्बपतिहरुका लागि ठूला कार विलासीको साधन बन्ने दिन गए, अब उनीहरुका ध्यान यातायातका अत्यधिक छिटो छरिटो साधनको रुपमा रहेका व्यापारिक वायुयान (जेट) तथा विलासी पानीजहाजतर्फ केन्द्रित हुन थालेको छ । यस्ता विलासी साधन खरिद गर्नेहरुमा केबल कर्पोरेट क्षेत्रमात्र सीमित रहेन, अर्बपतिहरुको ठूलो जमात अगाडि आउन थालेको छ ।
उनीहरु निजी जेट खरिदमा अग्रसर बनेका छन् । हाल भारतमा करिब ५ सय १५ संख्याको हाराहारीमा निजी जेट छन्, भने २ सय ५७ वटा फिक्सड-विङ जहाज र २ सय ५८ वटा हेलिकप्टर छन् । आर्थिक विकासमा उलेख्य फड्को मार्न सफल भारतमा विश्वप्रसिद्ध विमान निर्माता कम्पनीहरु व्यापार विस्तारको हात फैलाउन पछि परेका छैनन् । चीनपछि विश्वमै वायुयान बजारका लागि दोस्रो ठूलो स्थान लिएको भारतमा पछिल्लो केही वर्षयता अन्य राष्ट्रहरुको तुलनामा अर्बपतिहरुको संख्या न्यून नै रहेपनि निजी जेटको संख्या भने निरन्तर बढ्दैछ । यस्ता निजी जेट खरिद गर्नेमा मुख्यगरी भारतका सर्वाधिक धनी अम्बानी दाजुभाइ, टाटा ग्रुपका अध्यक्ष रटन एन टाटा, भारतको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी डीएलएफका प्रमुख केपी सिंह तथा विजय माल्यालगायत अग्रपंक्तिमा छन् ।

0 comments:

Post a Comment