Thursday, December 9, 2010

राष्ट्रिय झण्डा फेर्ने विवाद


राष्ट्रिय झण्डा फेर्ने की नफेर्ने र संविधानमा राख्ने अपरिवर्तनीय धाराबारे प्रमुख राजनीतिक दलहरु बीचको विवादमा अझै सहमति हुन सकेको छैन । सिंहदरबारमा आज बसेको उच्चस्तरीय कार्यदलको बैठकमा माओवादीले राजनीतिक परिवर्तनको भाव झल्कने, गणतन्त्र, संघीयता र समावेशीतालाई अभिब्यक्त गर्ने बनाउन राष्ट्रिय झण्डा फेर्नुपर्ने अडान दोहोर्‍याएको छ । तर नेपाली कांग्रेस र एमालेले भने कुनै ब्यक्ति, वाद वा शासकको प्रतिक नभई राष्ट्रिय पहिचानको आधार बनिसकेका कारण राष्ट्रिय झण्डा फेर्न नहुने अडानमा कायमै छन् । संविधानको अपरिवर्तनिय धारामा कुन कुन विषय राख्ने भन्नेमा पनि दलहरुबीच सहमति हुन सकेन । कांग्रेस र एमालेले सार्वभौमसत्ता, संघियता, राष्ट्रिय स्वाधिनता, संघियता, बहुलवाद, धर्म निरपेक्षता लगायतलाई अपरिवर्तनीय बनाउने अडान राखे भने संविधानमा अपरिवर्तनीय धारा राख्नै नहुने पक्षमा माओवादी देखिएको छ ।राष्ट्र र राज्यको परिभाषा लगायत १८ वुंदामा भने दलहरु बीच आज सहमति भएको छ ।

1 comments:

हाहाहाहा मुला माओवादीहरूले नेमलकेा झण्डा फेर्ने रे ??
यि बिना ज्ञानका मुर्ख मानीसहरूलाइ राजनितीमा कस्ले छिर्न दियेा ?

Post a Comment