Tuesday, December 7, 2010

बुहारीसँग मिलेर छोराको हत्या

सल्यान, मंसिर २२ - दमाचौर २ थाराका ५० वर्षीय ईन्द्रबहादुर बिकले बुहारीसँग मिलेर छोरा मानबहादुरको हत्या गरेका छन ।लामो समय देखि अनैतिक सम्बन्ध राख्दै आएका उनीहरुले मिलेर मानबहादुरको हत्या गरेका हुन् । २५ वर्षीय मानबहादुर कमाउन भारतको बिभिन्न ठाउँमा गएपछि लामो समयदेखि ससुरा बुहारीले सम्बन्ध राख्दै आएको प्रहरीले जनाएको छ । उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलबहादुर थापाले भने श्रीमतीको बारेमा थाहा पाएपछि विवद आउँदा मिलेर मारेको हुन सक्ने बताए । बिकका आफन्तले मारेको किटानी जाहेरी गरि उजुरी समेत दिएको उनले बताए । बुहारीसँग मिलेर छोराको हत्या गर्ने बाबु ईन्द्रबहादुर र बुहारी तेजी बिकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । बिबाह गरेर श्रमिती घरमा राख्ने र एक महिना नबित्दै कमाईका लागी बिदेश तथा भारतको बिभिन्न ठाउमा जाने क्रम बढेपछि यस्ता घटनाहरु पनि दिन प्रति दिन बढ्दै गएको प्रहरी निरिक्षक थापाले बताए । प्रहरी पक्राउमा परेकी तेजी बि.क.ले भने मिलेर मारेको कुरा अस्विकार गर्दै ससुरासँग ६ बर्ष देखि सम्बन्ध राख्दै आएको स्विकार गरिन । उनले भनिन-गाउमा त्यस दिन बिबाह थियो । उनले झुण्डिएर आत्महत्या गरेको भन्ने बारेमा हामीलाई केही थाहा थिएन । भोली पल्ट थाहा भयो ।'

0 comments:

Post a Comment