Saturday, December 11, 2010

५८ वर्षमा धुमधामसँग विवाह


अनुहार चाउरी परिसकेका काभ्रेको देवभुमि बालुवा-८, रानीपानीका गोपाल आचार्यको उमेर नातिनातिना खेलाउने छ । उनकी जेठी नातिनीको उमेर २० भइसकेको छ ।एक छोरा र चार छोरीका बुबा ५८ वषर्ीय यी अर्धबैंसे पुरुष बुधबार भने बेहुलाको पोशाकमा सजिएका थिए । कुनै नाटक वा अभिनयमा उनी बेहुला बनेका होइनन्, वास्तविक रूपमा उनले बुधबार विवाह गरे । ५८ वर्षो उमेरमा आचार्यले काभ्रे-२ स्थित रुकुमिणी सिग्देलसँग विवाह गरेका हुन् । अविवाहित ३९ वषर्ीया रुकमिणीले दोस्रो विवाह गरेका गोपालसँग विवाह गरेकी हुन् । विवाहमा आचार्य ढाका टोपी, चस्मा र दौरा सुरुवालमा सजिएका थिए भने बेहुली सारी, चोलो र घुम्तीमा सजिएका थिए । ५० जना जन्तीसहित काभ्रे भञ्ज्याङस्थित श्रीकृष्ण प्रणामीको मन्दिरमा परम्परागत रूपमा उनीहरूले विवाह गरेका थिए ।५८ वषर्ीय आचार्यका छोरा विनोद ४० वर्षा छन् भने छोरीको उमेर पनि ३५ नाघिसेकको छ । ८ फागुन, २०६६ मा श्रीमती सरस्वतीको मृत्यु भएपछि आचार्यले विवाह गरेका हुन् । विवाहमा आएका जन्ती अधिकांश उनका नाती उमेरका छन् । उनका भाइ प्रेमप्रसाद -उद्धव) आचार्यदेखि भान्जा, ज्वाइलगायत जन्ती आएका थिए भने बेहुलीका पक्षबाट पनि धेरै उपस्थित थिए । बेहुलीका दर्ुइ दाजु अर्जुन र कुमार छन् । उनीहरूको दुवैको विवाह भएर सन्तान जन्मिसकेका छन् । 'करकापले नभई खुसीका साथ उहाँको स्याहारसुसार गर्नका लागि विवाह गरेकी हुँ ,' बेहुली रुकुमिणीले भनिन् । बेहुलीलाई पहिला पनि पटक-पटक विवाह गर्नका लागि केटा आएका थिए भने उनले विवाहका लागि अस्वीकार गर्दै आएकी थिइन् । 'केटीलाई हर्ेनका लागि ४० जनाजति आएका थिए तर उनले अस्वीकार गरेकी थिइन् । अहिले बेहुलाको जग्गाजमिन बढी भएको र परिवार राम्रो भएको कुरा आएपछि उनले स्वीकारिन्,'आफन्त कृष्णप्रसाद सिग्देलले भने । दर्ुइ रोपनी जग्गा मात्र भएको बेहुली परिवारमा रुकुमिणी खेतीपाती गर्नका लागि गाविसकै सबैभन्दा बढी सक्रिय किसानका रूपमा चिनिन्छिन् ।
परिवारकै सहमतिमा विवाह गरेको दाबी गरे पनि विवाहमा बेहुलाका छोरा र नातिनी भने सहभागी थिएनन् ।

0 comments:

Post a Comment