Sunday, December 5, 2010

घाममा सेक्नुस बढी बाँच्नुस्


लण्डन । जुन महिला नियमित रुपमा घाम ताप्ने गर्दछन् उनीहरु बढी समयसम्म जिवित रहने सम्भावना हुन्छ। स्वीडेनको लुंड विश्वविद्यालयको आंन्कोलजी -ट्युमरसंग सम्बन्धित क्यान्सर विज्ञान) विभागका प्राध्यापक हाकन ओलसनले आफ्नो शोधको माध्यमबाट यो प्रमाणित गरेका हुन् । प्राध्यापक ओलसनका अनुसार घाम ताप्ने क्रममा शरीरद्वारा तयार भिटामिन -डी को रगत जम्ने, मधुमेह र केही अन्य प्रकारका ट्युमरविरुद्ध शरीरलाई आवश्यक प्रतिरोधी क्षमता प्राप्त हुने गर्दछ।
ओलसनका अनुसार सामान्यतः मानिसहरु यो ठान्छन् कि घाम ताप्नाले छालासम्बन्धी क्यान्सरको खतरा रहने गर्दछ तर वास्तविकता यो हो कि घाम ताप्नाले हामीलाई कयौ प्रकारका ट्युमरसम्बन्धी खतराबाट बच्न सकिन्छ।
ओलसनका अनुसार घाम ताप्नाले पैतालामा रगत जम्ने खतरा विल्कुलै रहंदैन । यो रोगका कारण बेलायतमा मात्र वर्षमा २५,००० जना मानिसको ज्यान जाने गर्दछ। यसप्रकारको रगत जम्ने खतरा जाडो महिनामा अधिक रहने गर्दछ।

0 comments:

Post a Comment