Friday, December 10, 2010

साइबर युद्धको सुरुवात


गोपनीय सूचनाहरु लिक गरेर जुलियन असान्जले सारा संसारमा खलबली मच्चाइदिएका छन् । लण्डनमा उनको गिरफ्तारीपछि पनि यो क्रम जारी छ/उनको वेभसाइट लिकीलिक्सलाई कयौ पटक ह्याकिङ्गको निशाना बनाइएको छ, र एक पटक त केही समय वेभसाइट बन्दसमेत भएको थियो । । पछि साइट सुचारु भएको थियो ।
तर अब जवाफी आक्रमण पनि सुरु भइसकेको छ। केही व्यक्तिहरुले असान्जको तर्फबाट बदला लिन सुरु गरेका छन् । उनीहरुले यस्ता वेभसाइटलाई निशाना बनाइरहेका छन् जसलाई विकीलिक्सको विरोधी मानिदै आएको छ। अर्थात विकीलिक्सका कारण साइबर युद्ध सुरु भएको छ। कुनै वेभसाइटमा छिरेर त्यसको हुलिया विगार्नु, त्यसलाई बन्द हुन बाध्य पार्नु वा त्यसको सामग्रीहरु मेटाइदिनेहरुलाई ह्याकर भन्ने गरिन्छ । तर यस पटक अलग रुपमा विषय अघि बढेको छ। यसलाई एउटा राजनीतिक अभियानको रुपमा हेरिएको छ। त्यसैले एक्टिभिस्ट र ह्याकरलाई मिलाएर त्यसका लागि एउटा शब्द बनाइएको छ-ह्याक्टिभिस्ट । एकाध ह्याकिङ्गका घटना त सधैं भइनै रहन्छ तर यस प्रकारको लडाई कमै देखिएको थियो । क्रेडिट कार्ड कम्पनी भिषाले बिहीबार मात्र विकीलिक्सलाई प्राप्त हुने चन्दा प्रोसेस गर्न इन्कार गरेको थियो। गत रात विषाको वेभसाइट ह्याक्टिभिस्टहरुले निशाना बनाए । अर्को ठुलो क्रेडिट कार्ड कम्पनी मास्टर कार्डको कामकाजमा पनि अवरोध सिर्जना भएको छ। बीबीसीसँग कुरा गर्दै ह्याकरहरुका अज्ञात प्रवक्ताले कम्प्युटर डाटाको यो युद्धमा हजारौ मानिस सहभागी भएको बताएका छन् । रेडियो अन्तर्वार्तामा ह्याक्टिभिस्टको जवाफी कारबाहीको नेतृत्व गरिरहेका उनले भने-इन्टरनेटको अर्थ नै सबैका लागि पूर्ण स्वतन्त्रता हो तर सरकारहरु र केही कम्पनी विकीलिक्समाथि आक्रमण गरेर स्वतन्त्रता खोस्ने कोशिस गरिरहेका छन् जसको जोडदार प्रतिकार जवाफी हयाकिङ्गको माध्यमबाट गरिदैछ। इन्टरनेट सेक्युरिटीसंग सम्बन्धित एक विशेषज्ञका अनुसार भिषाको वेभसाइटमा आक्रमण गर्न मुस्किल छ, जानकारीहरुका अनुमानअनुसार भिषाको वेभसाइटमा आक्रमण कम्तिमा दुई हजार ह्याक्टिभिस्ट मिलेर गरेको हुन सक्छ। यो त्यस्तै हो कि कुनै ठुलो र सुरक्षित भवनमा दुई हजार मानिसले अचानक आक्रमण गरे । संसारका दुई ठुला क्रेडिट कार्ड कम्पनी, भिषा र मास्टरकार्डको माध्यमबाट हरेक दिन करोडौ डलरको लेनदेन हुने गर्दछ। यी ह्याकरहरुले विकीलिक्सविरुद्ध मुद्दामा सरकारी वकिलको वेभसाइट पनि ह्याक गरेका छन् । ह्याक्टिभिस्टहरुका अनुसार उनीहरु संसारका ठुला कम्पनीहरुलाई नष्ट गर्न चाहँदैनन् तर उनीहरुलाई जगाउन चाहन्छन् कि उनीहरुले आम जनतालाई बुझुन्, मात्र सरकारको इशारा र आदेश होइन। बीबीसी

0 comments:

Post a Comment