Monday, December 6, 2010

यी नेताहरूलाई जुत्ता हान्न सक्ने नेपाली छैनन् स्वीडेनमा?


संसदमा हानाहान हुन्छ । खोसाखोस चल्छ । राजनीतिक समाधान गर्न नचाहेको भनेर तिन प्रमुख दलले एक अर्कालाई आरोप लगाउँछन् । जनताका आँखामा छारो हाल्न चाहिँ अनेक बहाना बनाउँछन् । गाउँ गाउँमा जनतालाई फुटाएर पसल र धारापनि पार्टी पिच्छे खोल्ने संस्क्रितिको विकास गराएका छन् । संविधान कांग्रेसले गर्दा नबनेको भन्छ माओवादी । कांग्रेस माओवादीले संविधान बनाउन चाहेकै छैन भनेर आरोप लगाउँछ । एमाले बाँकी दुईलाई दोष दिन्छ ।तर हेर्नुस् त संविधान बनाउने चाहना भए यस्तै ताल हुन्छ ? सभामुख सुभास नेम्वाङले कुनैपनि दलका नेतालाई बिदेश भ्रमण नगर्न अनुरोध गर्दा गर्दैपनि फेरि तिनवटै दलका एक दर्जन जति नेता भेडा बाख्रा झैँ बिदेश भ्रमणमा जाँदै छन् । नेपालमा चौतर्फी विरोध हुँदा हुँदै पनि आजै शनिवार प्रमुख तिन दलकै बडे बडे नेता युरोपेली मुलुक स्विडेन जान लागेका हुन् ।नेपालमा चौतर्फी विरोध हुँदा हुँदैपनि आजै शनिवार प्रमुख तिन दलकै बडे बडे नेता आज सात बजेको उडान बाट युरोपेली मुलुक स्विडेन जान लागेका हुन् । अरू विषयमा कुरो नमिलेपनि बिदेश भ्रमण, भत्ता झ्वाम्म पार्ने, गरिव देशको बजेट सक्ने, घुमेर मस्ती गर्ने कुरामा भने सबै दलका नेता एकमत रहेछन् । मस्ती गर्ने निहुँ पाएका छन्- संघियता अध्ययन । क्या मागि खाने भाँडो भएको छ यो संघियता । त्यहि संघियता अध्ययन गर्न भन्दै एकिक्रित माओवादीका नेताहरू बर्षमान पुन ‘अनन्त’, देवेन्द्र पौडेल ‘सुनिल’, हिसिला यमी, खिमलाल देवकोटा र रामकुमार शर्मा छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका तर्फबाट शेखर कोइराला लगायतका नेता छन् ।यो भन्दा अगाडि ती दलका सबै जसो नेताले बिदेश भ्रमण गरिसकेका छन् संघियता अध्ययनका नाममा । टोलीमा रहेका मध्ये माओवादीबाट वर्षमान पुन, हिसिला यमीले युरोपको भ्रमण गरिसकेका छन् । एमालेका महासचिव ईश्वर पोखरेल, प्रदिप ज्ञवाली र कांग्रेसका शेखर कोइराला त्यस्तै अध्ययन गर्ने भन्दै यस अघि पनि पट्क पटक युरोप हान्निइसकेका हुन् । त्यो बेला यिनले के गर्ने ? अघिल्ला भ्रमणमा आएर के गरे ? किन अध्ययन गरेनन् ? देशमै बसेर विश्व राजनीतिको अध्ययन गर्न सक्ने, विश्वभरिको मोडेल प्रस्तुत गर्न सक्ने नेताले के संघियताको अध्ययन गर्न लर्को लागेर आउनु पर्छ । लौ अध्ययनका लागि खाँचै परेछ रे । हरेक पार्टीबाट एक एक जना मात्रै आएर त्यहि अध्ययन बुझाए हुन्न पार्टीमा ? आफ्नै पार्टीका नेताले यस अघि भ्रमणबाट अध्ययन गरेर पुगेन ? यस अघिका नेताले गरेको भ्रमणबाट भयो के त उपलब्धि ?साँच्चै जनताको आँखामा छारे हाल्न मात्रै यीनले कांग्रेस यस्तो, एमाले उस्तो, माओवादी खराब भनेर आरोप लगाइरहेका छन् । भत्ता, कमिसन, मस्ती, भ्रमण पाए भने यी सब एक हुन्छन् । खाली सत्तामा जाने, संविधान बनाउने, जनतालाई राहत दिने कुरोमा मात्रै यीनको बिमती हुन्छ । देशभित्र अहिले केही पार्टीका नेता र संविधान सभाका सभामुख स्वयंले प्रमुख नेतालाई बिदेश भ्रमण नगर्न भनेर पटक पटक आग्रह गरेका छन् । लौ है अब जम्मा छ महिना मात्रै बाँकी छ संबिधान बनाउने समयसिमा । अब सम्पूर्ण दल, नेताहरु यताउति नगरि, बिदेश भ्रमण नागरि संविधान बनाउन नलागे संविधान बन्ने गुञ्जाइस छैन भनेर सभामुख कराएको कराइ छन् । जनता त झनै रुष्ट हुने नै भए । तरपनि बिदेश भ्रमण गर्ने भन्नासाथ भागबन्डा गरेर लर्को लाग्ने नेतालाई के गर्ने ?लौन स्वीडेनमा नेपालीहरू छैनन् नेपालमा संविधान बन्नु पर्छ भनेर सोच्ने ? नेताको चाकरी भन्दा देशको चिन्ता गर्ने ? युरोपेली नेताका अगाडि झ्याम्म जुत्ता हानेर विरोध गरे बल्ल बेइज्जत भयो भएर चेत्थे की ? कुटपिट, हत्या, आतंक, होहल्ल्ला राम्रो त होइन नै । तर संबिधान सभाकै अध्यक्षको भनाई नटेर्ने, जनताका आवाज नसुन्ने, आफुले गर्छु भनेरखाएको बाचा पूरा नगरि घुम्न रमाउने, शिष्ट बिरोध ले नपुग्नेलाई गर्ने के त ?

0 comments:

Post a Comment