Wednesday, December 8, 2010

संयुक्त अरव इमिरेट्समा मदिरापान र चुम्बन निषेध


अबुधावी। फिफा क्लव वल्र्डकपको आगामी डिसेम्बर ८-१८ सम्म हुने फुटबल खेलमा खेलका दर्शकहरुले सार्वजनिक स्थलमा मदिरापान र चुम्बन गर्न नपाउने भएको एक पत्रिकाले सोमबार जनाएको छ ।
फिफा वर्ल्डकप आयोजक समितिले गर्न नहुने कामको एउटा लामो सूचि प्रकाशित गर्दै मुस्लिम सम्बेदनशीलतालाई ध्यानमा राख्दै देश वाहिरका दर्शकहरुलाई सो आहृवान गरेको एमारत अल-योमले जनाएको छ ।
सो नियम अनुसार संयुक्त अरव इमिरेट्समा आउने खेलप्रेमीहरुले सार्वजनिक वा निजी जहाँ भए पनि लागू औषध प्रयोग गरे सजायको भागी हुनुपर्ने पनि चेतावनी दिइएको छ ।
आयोजक समितिका प्रवक्ता शाजा अल रुमाइथीले बताए- हामी मुस्लिम राष्ट्र भएकोले हाम्रा आफ्नै रीति र परम्परा छन् जसको सम्रक्षण गर्नुपर्दछ । यदी यस्तो कार्य गरेमा समर्थकहरुलाई चिढयाउनेछ । एएफपी

0 comments:

Post a Comment