Wednesday, December 8, 2010

पूजालाई चाहियो वर !


लामो अमेरिकी बसाई पछि नेपाल आएकी नायिका पूजाले विवाहका लागि फेरी तयार भएको संकेत गरेकी छन् । यस अघि फोटोग्राफर पती सुरज चन्दसँग सम्बन्ध विच्छेद गरेर अमेरिका बस्दै आएकी पूजा केही दिन अघि मात्र एक महिनाका लागि नेपाल आएकी थिइन् ।नेपाल आउना साथा पूजाका लागि पत्रकारको पहिलो प्रश्न थियो, अब कहिले खान पाइन्छ त पूजाको बिहेको लड्डु ? जवाफमा पूजाले भनेकी छन्, विवाह गर्ने सोंच छ, भने जस्तो केटा पाएकी छैन् । ३६ वर्षकी पूजाको त्यसो त अहिले १७ वर्षकी त छोरि नै छन् । २०४९ सालमा सुरज चन्दसँग विवाह गरेकी पुजाले १० वर्ष २०५८ मा सम्वन्ध विच्छेद गरेर अमेरिका हानिएकी थिइन् ।एक महिनापछि अमेरिका फर्किने पूजा अबको केही समय त्यतै बस्ने योजना छ, त्यसपछि उनी नेपाल फर्किदै छन् । पूजाले आफ्ना लागि जीवनभर साथ दिने वरको खोजी गरेकी छन्, तपाईमा पनि त्यो योग्यता छ भने एप्लाई गर्न सक्नुहुन्छ ।

0 comments:

Post a Comment