काठमाडौँ, मंसिर १९ । ठमेलको एक होटलबाट खसेर बेलायती महिलाको मृत्यु भएको छ । २२ वर्षीया जोनिफेस सिनेथ होटल होलिडेको तेस्रो तल्लाको झ्यालबाट शनिबार राति खसेकी थिइन्। उनी मदिरामा लठ्ठिएको प्रहरीले बताएको छ। उनको शव हाल वीर अस्पतालमा राखिएको छ।प्रत्यक्षदर्शीहरुले आत्महत्याको शंका गरे पनि प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।



0 comments:
Post a Comment