Monday, December 6, 2010

पौडेललाई समर्थन गर्न एमालेसंग आग्रह

एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न आफूहरुले एमालेसंग आग्रह गरेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघले आज विहान धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी प्रवक्ता शर्माले आफूहरु प्रतिपक्षमा भएकै कारण कांग्रेसलाई समर्थन गर्न नसकेको बताउनुभयो । नैतिकताका आधारमा आफूहरुले समर्थन गर्न नसके पनि पौडेललाई र्समर्थन गर्न एमालेसंग भने पटक-पटक आग्रह गरिसकेको शर्माको भनाइ थियो ।एमालेले संविधान र सरकार बन्न नदिन भूमिका खेलिरहेको आरोप लगाउ“दै शर्माले प्रधानमन्त्री लगायत एमालेका शीर्ष नेताहरु विदेश भ्रमणमा गएकाले तोकिएको समयमा संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।

0 comments:

Post a Comment