Sunday, December 5, 2010

‘टिभी फिल्मी’ को कार्यकारी प्रमुखमा निशा


काठमाडौँ । नेपाली चलचित्र जगतमा त्यति राम्रो सफलता पाउन नसकेकी नायिका तथा मोडल निशा अधिकारी अहिले निकै व्यस्त देखिन्छिन् । तर उनको व्यस्तता कुनै चलचित्रको काममा होइन । उनको व्यस्तता बढ्नुको कारण हालसालमात्र खुलेको टेलिभिजन च्यानल ‘टिभी फिल्मी’ हो । उनी यो च्यानलकी कार्यकारी प्रमुख हुन् ।उनलाई यो पदमा पुर्‍याउने काम गोपीकृष्ण हलका मालिक तथा निर्माता उद्धव पौडेलका छोरा निरक पौडेलले गरे । निरक निशाका प्रेमी हुन् ।निशाले मिसन पैसा, नैना रेसम, फस्ट लभ आदि चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

0 comments:

Post a Comment