Wednesday, December 8, 2010

हलिउडका यी सुकन्यालाई कोही छ वर ?



नेपालमा मंसिर महिना चल्दै छ, विहेको सिजनले घर छिमेकमा रोमाञ्चकता प्रदान गरिरहेको छ । गाउँ शहरमा युवतीका लागि विहे गर्न लायक युवकको खोजी भैरहेको छ, युवकका लागि युवतीको खोजी पनि धमाधम चल्दै छ । तर नेपालभन्दा हजारौं माइल टाढा हलिउडमा भने बिहेका लागि योग्य महिला छनोट गरेर सूची सार्वजनिक भएको छ । भ्यानिटीफेयर पत्रिकाले सार्वजनिक गरेको एउटा सर्वेक्षणमा विवाहका लागि सबैभन्दा योग्य पाँच युवतीको सूची पनि तयार छ ।सूचीको पहिलो नम्वरमा छन् नायिका जेनिफर एनिस्टन । जेनिफरले सुरुमा ब्राड पिटसँगको सम्वन्ध विच्छेद गरिन्, त्यसपछि भिन्स भागन, जोन मेयरसँगको पनि सम्वन्ध विच्छेद गरिन् । ४१ वर्षकी यी युवतीलाई विवाहका लागि सबैभन्दा योग्य विश्वको नम्वर १ सूचीमा राखिएको छ । जेनिफर एनिस्टन जस्तै ४४ वर्षकी अर्की नायिका हेल बेरी पनि विवाहका लागि योग्यको सूचीको दोस्रो नम्वरमा छन् । ओस्कार अवार्ड समेत जितेकी बेरी कुनै जमानामा मिस युएसएकी फष्टरनरअप पनि थिइन् । त्यसो त उन्ले बास्केटवल खेलाडी डेभिड जस्टिशसँग र त्यसपछि संगितकार एरिक वेनेटसँग विवाह नगरेकी पनि होइनन् । तर यी दुवै विवाह सम्वन्ध सफल नभएपछि हेललाई अहिले चाहिएको छ अर्को साथि । विवाहका लागि सबैभन्दा योग्य अर्की युवती हुन्, एलिन नोर्डेग्रेन । यी ३० वर्षकी स्वेडिश मोडलले पनि विवाहका लागि योग्य भएकी छन् । आफ्नो बैंक खातामा करोडौं रुपैयाँ राखेर बसेकी यी युवतीलाई धनी बनाउने काम भने गल्फ खेलाडी टाइगर उडले पनि गरेका थिए ।
त्यसो त युवती मात्र होइन् अहिले एक वृद्धा पनि विवाहका लागि सबैभन्दा योग्य भएको सूची भ्यानिटीफेयरले सार्वजनिक गरेको छ र ती वृद्धा हुन गोल्डेन गर्लका रुपमा समेत चिनिने बेट्टी ह्वाइट । २४ वर्षकी गायिका लेडी गागालाई पनि विवाह योग्यको सूचीमा पाँचौं नम्वरमा राखिएको छ । लेडी गागा सूचीमा सबैभन्दा कान्छी भएर पनि विवाहकालागि योग्य युवतीका रुपमा छानिएकीहुन् । पपस्टार लेडी गागा त्यसो त विभिन्न यौन क्रियाकलापका लागि संधै चर्चामा रहने गर्छिन् ।

0 comments:

Post a Comment