Wednesday, December 8, 2010

वैवाहिक भिसामा विदेशीने नेपाली चेलीको दुर्दशा


दक्षिणकोरिया । पहिला भाइ फुटे गवांर लुटे भन्ने उखान पूर्खाहरुले हामीलाई छोडेर जानु भयो, अहिले माईती फुटी गए चेली बेटी लुटिगए भन्ने उखान पनि लागू हुन थालेको छ । दक्षिणकोरियामा विवाह भिसा 9f-2 मा आएका नेपालीचेलीहरुको हरिबिजोगले यस उखानलाई प्रमाणित गरेको छ । नेपाली दलालहरुको मिलिभगतमा सोझा नेपाली चेलीबेटीहरुको कोरियाका बेरोजगार थोते बूढाहरु र तोते बोल्ने अधबैंशे पुरुषहरुसंग कागजी विवाह गराई कोरिया भित्राईएको त बेला बेलामा सुन्न पाइएकै हो । तर त्यस्ता महिलाहरुको अवस्था कस्तो त्रासदीपूर्ण हुन्छ भन्ने पनि सुन्न पाईएको छ । हालै कोरियाली अध्यागमन विभागको हातमा एक जना कोरियाली नागरिक संग विवाह गरेर दुई वर्ष अगाडि कोरिया प्रवेश गरेकी कोपीला तामाङ पक्राउ परिन् । उनलाई कोरियामा यसरी आएर धेरै धन कमाउने सपना देखाएर कोरियन नागरिक संग विवाह गराएर ल्याउने काम सञ्जय श्रेष्ठले गरेका थिए । श्रेष्ठ गत वीस बर्षदेखि कोरियामा बस्दै आएका छन् ।श्रेष्ठले कोपिला जस्ता ३० भन्दा बढि नेपाली महिलाहरुलाई बिभिन्न बहानामा कोरिया ल्याईसकेका छन् । थाहा भए अनुसार, त्यसरी कोरिया आउने नेपाली महिलाहरुले रु। १२ लाखदेखि १५ लाखसम्म दलालहरुलाई तिरेर कोरिया भित्रने गर्दछन् । प्रत्यॆक वर्ष भिसा नविकारण गराउने बहानामा दलालहरुले नै ती शोषित पीडित महिलाहरुबाट रु। २ लाखदेखि ३ लाखसम्म असुल्ने गरेको कुरा पीडित महिलाहरु बताउाछन् ।नाम उल्लेख नगर्ने शर्तमा एक महिलाले रुदैँ भनिन् ‘दलालहरु पनि कति बाठा हुंदा रहेछन् नि दाइ’ हाम्रो पासपोर्ट र अन्य कागजपत्रहरु समेत उनीहरुले नै राख्छन् र हाम्रो नक्कली श्रीमानलाई भेट्न समेत दिन्नन् ।महिलासंग अध्यागमनका कर्मचारीले वयान लिंदा उनले मलाई यसरी कोरिया ल्याउने दलाल यहि सन्जय श्रेष्ठ हो भनेर उसको पोल खोले लगत्तै सन्जयलाई पनि पक्राउ गरियो । उनलाई हिजो सोमबार तारेखमा छोडियो । अभियुक्त सञ्जय हिजो प्रहरी सामु उपस्थित भए तर कोपिला उपस्थित भैनन् ।उनलाई खोज्न नेपाली दोभाषेको सहयोगमा प्रहरी कोठामा पुग्यो तर उनी त्यहां पनि थिईनन् । आफ्नो असली मुखुन्डो उतारिएर वेइज्जत हुने भयले पैसा र पहुंच भएका सञ्जय श्रेष्ठले नै डर, धम्की देखाएर कोपिलालाई कतै भगाएको हुन सक्ने या कुनै अज्ञात स्थानमा लुकाएको हुनसक्ने अन्य पीडित महिलाहरुले बताएका छन् । यस्ता घटनाका बारमेा विभिन्न स्रोतहरुबाट संकलन गरिएका सम्पूर्ण जानकारी नेपाली दूतावासमा जानकारी गराउंदा यस सम्बन्धमा दूतावासले अनविञता प्रकट गरेको छ । अर्की एक पीडित महिलाको अनुसार एक हाकिमले यसो भन्नु भयो-पिडितहरुले दूतावासमा आएर उजुरी नै नगरि हामीले सहयोगको प्रक्रिया अगाडि बढाउन सक्दैनौ। हामीले पीडित महिलाहरुले साविती बयान दिएको भिडियो अन्तर्वार्ता देखाएपछि दूतावासले एउटा विज्ञप्ति जारी गरि गरेको थियो । दुतावासले जारी गरेको विज्ञप्ती यस्तो छ ।

0 comments:

Post a Comment