Friday, December 10, 2010

हैरान गरिमा


नायिका गरिमा पन्त हैरान छन्, हैरानीको कारण न त गरिमा हुन, न त गरिमाका आफन्त, न त नेपाली सिनेमा उद्योग नै । उनी हैरान हुनुको कारण हो, फेसबुक । गरिमा अहिलेसम्म फेसबुकमा सदस्य भएकी छैनन् तर उन्लाई त्यही फेसबुकले टेन्सन दिइरहेको छ । कारण हो, फेसबुकमा टाँसिएको गरिमाको तस्वीर । यो तस्वीरमा गरिमाको नाममा कसैले फेसबुक आइडी खडा गर्‍यो, योसम्म त ठीकै थियो तर हैरानी त्यतिवेला भयो जब गरिमाको तस्वीरमा टाउको गरिमाको राखियो तर शरिर अर्कै विदेशी निलो चलचित्रकी नायिकाको । यसले गर्दा तस्वीरमा गरिमाको टाउको त छ तर जोडिएको शरिर पुरै नाङ्गो छ । फेसबुकबाट गरिमाले हैरानी व्योहोरे पछि उन्ले थुप्रै ठाउँमा गुनासो त गरिसकिन तर तस्वीर नहट्दा चिन्ता भने उन्लाई बढेको बढ्यै छ । तर गरिमा अब चिन्ता मान्नु पर्ने दिन गए, विद्युतीय कारोवार ऐन लगाए पछि फर्जी फेसबुक आइडी खोलेर नाङ्गो तस्वीर राख्ने व्याक्तिलाई पाँच वर्ष कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुन्छ । मात्र प्रहरीले बेलैमा एक्शन लिनुपर्‍यो ।

0 comments:

Post a Comment