Monday, December 6, 2010

नेपालमा पनि ‘लस्कर ए तोयबा’ को सञ्जाल !


२० मंसिर, काठमाडौं । विकिलीक्सले सार्वजनिक गरेको अमेरीकाको एक गोप्य दस्तावेजमा नेपालमा पनि पाकिस्तानी आतंकवादी संगठन ‘लस्कर ए तोयबा’ को सञ्जाल रहेको दावी गरिएको छ । अमेरीकाको गोप्य दस्तावेजहरु सार्वजनिक गर्दै आएको विकिलीक्सले सार्वजनिक गरेको अमेरीकी विदेश विभागमा पछिल्लो दस्तावेजमा नेपालमा ‘लएकर ए तोयबा’ को संञ्जाल रहेको उल्लेख छ ।लस्करका शफीक खफाले नेपाल, भारत, श्रीलंका र पाकिस्तानका सदस्यहरुको सहयोगमा दक्षिण भारतमा दुई टिम निर्माणको कोशिश गरिरहेको पनि अमेरीकी दस्तावेजमा उल्लेख छ ।अमेरीकी विदेश विभागले १९ जुन २००९ मा तयार पारेको रिपोर्टमा दक्षिण भारतमा आक्रमण गर्न ‘लस्कर ए तोयबा’ ले श्रीलंकामा आफ्नो क्षेत्र बनाइसकेको र भारतको कर्नाटकमा बनाउने क्रम जारी रहेको उल्लेख रहेको बीबीसीले जनाएको छ ।‘लस्कर ए तोयबा’ ले भारतको गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनाएको पनि विकिलीक्सले दावी छ ।भारतले हालै नेपाली माओवादी र ‘लस्कर ए तोयबा’ ले भारतिय माओवादीलाई नेपालमा तालिम दिएको दावी गरेको थियो । तर नेपाल सरकार र माओवादीले यसअघि नै नेपालमा ‘लस्कर ए तायबा’ को संगठन नरहेको प्रष्ट पारिसकेको छ ।

0 comments:

Post a Comment