Thursday, December 9, 2010

अस्ट्रेलियामा नयाँ आप्रवासी नीति प्रस्ताव: विद्यार्थी बढी प्रभावित


पटक-पटक परिवर्तन भइरहने अस्ट्रेलियाको आप्रवासीसम्बन्धी नियमलाई निरन्तरता दिदै इमिग्रेसन विभागले नयाँ नीति प्रस्ताव गरेको छ । प्रस्तावित नयाँ नीतिले अस्ट्रेलियाको नेपाली समुदायलाई व्यापक असर गर्ने देखिएको छ ।
पटक-पटक परिवर्तन भइरहने अस्ट्रेलियाको आप्रवासीसम्बन्धी नियमलाई निरन्तरता दिदै इमिग्रेसन विभागले नयाँ अंक प्रणाली प्रस्ताव गरेको छ । गएको नोभेम्बर ११ मा सार्वजनिक गरिएको उक्त प्रस्तावित अंक प्रणाली सदनबाट अनुमोदन भएपछि जुलाई १ सन् २०११ बाट लागू हुनेछ । उमेर, अंग्रेजी भाषाको दक्षता र सम्बन्धित क्षेत्रमा कामको अनुभावलाई आधार मानेर नयाँ अंक प्रणाली तयार पारिएको छ । प्रस्तावित अंक प्रणालीअनुसार निवेदकले ६५ अंक प्रप्त गर्न सकेमा उ स्थाई बसोवासका लागि योग्य हुने अस्ट्रेलियन इमिग्रेसन विभागले जनाएको छ ।
आप्रवासीसम्बन्धी नियमको पुनसंरचना
अस्ट्रेलियामा पछिल्लोपटक लेबर पार्टी सत्तामा पुगेपछि आप्रवासीसम्बन्धी नियम परिवर्तनको शृंखला नै सुरु भएको थियो । सरकारले फेब्रुवरी ८, २०१० मा नयाँ स्किल लिष्ट सार्वजनिक गरेर आप्रवासीसम्बन्धी विद्यमान व्यवस्थामा पुनसंरचनाको संकेत दिएको थियो । फेब्रुवरीदेखि नै सरोकारवालाहरुबिच छलफल गरेर आएका सुझावका आधारमा यो नयाँ कदम चालिएको । पुराना नियमलाई अहिले प्रस्तावित नियमसँग तुलना गर्दा यो बढी व्यवहारिक र निवेदकको सबै प्रकारका योग्यता, क्षमता र अनुभवलाई समेट्न सक्ने भएको विभागको ठहर छ । प्रस्तावित अंक प्रणालीले निवेदकको सिप र अनुभवलाई धेरै अंक दिएको छ । नयाँ अंक प्रणालीले अंग्रेजी भाषाको दक्षता, निवेदकका सीप र अनुभाव, अस्ट्रेलिया तथा अन्य देशबाट ग्रहण गरेकेा उच्च शैक्षिक योग्यता, उमेर, प्रोफेसनल इएर, आश्रति (श्रीमान वा श्रीमती) को शिक्षा तथा रिजनललाई आधार मानेको छ । नयाँ अंक प्रणाली सन् २०११ को जुलाई १ बाट लागू हुनेगरी प्रस्ताव गरिएपनि यसबाट ठूलो संख्यामा विद्यार्थीहरु प्रभावित हुने देखिन्छ ।

0 comments:

Post a Comment