Saturday, November 20, 2010

अध्यादेश मार्फत ल्याएको बजेटलाई माओवादीले नमान्ने

सरकारले आज अध्यादेश मार्फत ल्याएको बजेटलाई माओवादीले नमान्ने भएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य देब गुरुङ पालुङटारबाट कुरा गर्दै संसदको बाट छाडेर अध्यादेश मार्फत ल्याएको बजेटको आफूहरुले विरोध गर्ने यसको समर्थन गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।
उपाध्यक्ष श्रेष्ठले बजेट ल्याउने प्रक्रियाप्रतिनै आपत्ति प्रकट गरेको माओवादीले बजेटमा समर्थन गर्ने कुरै नआउने स्पष्ट पार्नुभयो । यद्यपि उहाँले माओवादी लडाकुकोलागी छुट्याईएको बजेट भने लिईने जानकारी दिनुभयो ।

0 comments:

Post a Comment