Tuesday, November 16, 2010

एघार हजार विद्यार्थी अमेरिका प्रस्थान


अमेरिकी विदेश मन्त्रालयको शिक्षा तथा संस्कृति ब्युरोले उच्च शिक्षाको लागि अमेरिकी शैक्षिक संस्थाहरूमा सन् २००९/१० भर्ना हुने नेपाली विद्यार्थीको सङ्ख्या ११ हजार २३३ रहेको जनाएको छ ।
ब्युरोद्वारा प्रकाशित वार्षिक प्रतिवेदनअनुसार गत शैक्षिक सत्र सन् २००८/०९ मा अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या ११ हजार ५८१ रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकामा उच्च शिक्षाका लागि विदेशी विद्यार्थी पठाउने राष्ट्रहरूमध्ये नेपाल ११ औँ स्थानमा रहेको जनाइएको छ ।
ब्युरोका अनुसार शैक्षिक सत्र २००९/१० मा अमेरिकी कलेज तथा विश्वविद्यालयमा अध्ययनरत अन्तर्रर्ााट्रय विद्यार्थीको कुल सङ्ख्यामा तीन प्रतिशतले वृद्धि भइ छलाख ९० हजार ९२३ पुगेको छ । यो अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हालसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो । यस वर्ष अमेरिकी विश्वविद्यालयमा सबैभन्दा बढी चिनियाँ विद्यार्थी भर्ना भएका छन् । चिनियाँ विद्यार्थीको भर्ना सङ्ख्यामा ३० प्रतिशत वृद्धि भइ करिब एकलाख २८ हजार पुगेको छ ।
दोस्रो स्थानमा भारत रहेको छ । भारतबाट अमेरिका अध्ययनका निम्ति जाने विद्यार्थीको सङ्ख्यामा दुइ प्रतिशतले वृद्धि भइ करिब एकलाख ५ हजार पुगेको छ । अमेरिकी ड्रि्रीको प्रतिष्ठा र अमेरिका अध्ययनका बारेमा पूर्ण तथा सही जानकारीका कारण नेपाली विद्यार्थीका लागि अमेरिका अझै पनि पहिलो गन्तव्यस्थल रहेको ब्युरोको प्रतिवेदनमा उल्लेख छ ।

0 comments:

Post a Comment