Monday, November 15, 2010

महिलाः ३४ को उमेरमा बढी कामुक


सामान्यतः आम धारणाअनुसार उमेर ढल्कदै जाँदा मानिसमा यौन चाहना पनि घट्दै जाने गर्दछ । तर बलायतमा महिलाहरुमाथि गरिएको एक अध्ययनअनुसार अलग तथ्य फेला परेको छ। अध्ययनबाट पत्ता लागेअनुसार महिलाहरुमा ३४ वर्षको उमेर कटेपछि आफूमा बढी कामुक महशुस गर्ने गर्दछन् । अर्थात २८ देखि ३८ वर्षको उमेरमा महिलामा यौन चाहना सबैभन्दा बढी हुने गर्दछ/आफ्नो पुरा जीवनकालमा यही एउटा अवसर हो जब उनीहरु बढी कामुक मात्र देखिने गर्दैनन् उनीहरुभित्र यौन चाहनासमेत प्रवल हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेमा करिब १ हजार महिलाको यौन जीवनको गहिराईसम्म अध्ययन गरिएको थियो । सर्वेमा महिलाहरुसँग उनीहरुको यौन जीवनका विषयमा विविध प्रश्न सोधिएको थियो । सर्वेले वैवाहिक जीवनप्रतिको रुझानसमेत यही उमेरमा बढ्ने पत्ता लगाएको थियो । सर्वोका क्रममा बढीभन्दा बढी महिलाको जवाफ अधिकांश महिला ३४ वर्षको उमेरमा स्वयमलाई बढी कामुक महशुस गर्ने गरेको बताएका थिए । करिब ५६ प्रतिशत महिलाले आफू जवानीको तुलनामा पछिल्ला दिनमा आफ्नो यौन जीवनबाट बढी सन्तुष्ट रहेको बताएका थिए । यति मात्र होइन, सर्वेका क्रममा २८ देखि ३८ वर्षको उमेरको यौन जीवनमा बढी सन्तुष्ट रहेको बताएका थिए । सर्वेमा सहभागी महिलाबाट उनीहरुबीच ४५ देखि ६० वर्षको उमेरमा वर्षमा ४.५ पटक यौनक्रिया हुने गरेको खुलासासमेत गरेका थिए ।
यौनविज्ञ कैथरिनका अनुसार आमरुपमा बुढेसकालमा पहिला जस्तो यौन जीवन हुँदैन भन्ने हाम्रो सोचाई गलत हो । यो अध्ययनले पनि यही कुरा पुष्टि गरेको छ कि महिला बढ्दो उमेरसँगै यौन जीवनको आनन्द उठाउने गर्दछन् ।
मनोवैज्ञानिकहरुकाअनुसार आमरुपमा ३० पछिका महिला आफूलाई बढी निश्चित महशुस गर्दछन् । यस उमेर समूहसम्म उनीहरुले यौनका धेरै अनुभव बटुलेका हुन्छन् । त्यसले उनीहरु बढी आनन्द उठाउने गर्दछन् । यौनका प्रारम्भिक दिनमा यौनजन्य शारीरिक पीडा र गर्भधारणको डरका कारण पनि यो उमेर सुखद यौन जीवनका लागि बढी उपयोगी बनेको हो ।
यो उमेरमा महिलामा सुरक्षित यौन जीवनको ज्ञानसमेत भरपुर हुने गर्दछ । यो उमेर समूहका महिलाहरु परपुरुषसँगको यौनसम्बन्धका लागि समेत हिच्किचाउँदैनन् । यतिबेला उनीहरु ढुक्क भएका हुन्छन् कि सुरक्षित यौन सम्बन्ध कायम हुँदा कुनै झन्जटको सामना गर्नुपर्ने छैन । यद्यपि उनीहरु यतिबेला वैवाहिक सम्बन्धमै बढी आकर्षिर्त रहने गर्दछन् ।

0 comments:

Post a Comment