Thursday, November 18, 2010

एमआरपी आइपुग्यो


काठमाडौं, मंसिर २ । फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीले छाप्ने जिम्मा लिएको केहि थान मेसिनले पढ्ने राहदानी (एमआरपी) केहि थान नेपाल भित्रिएको छ ।
फ्रान्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार झरेको एमआरपी बुधबार मन्त्रालयमा दाखिल गरिएको छ। पहिलो पटकमामा ट्राभल डकुमेन्ट, अफिसियल, साधारण र कूटनीतिक गरी चारै किसिमका एमआरपी पठाएको छ। तर कति सँख्यामा एमआरपी भित्र्याइएको हो सो को जानकारी मन्त्रालयले खुलाएको छैन।
मन्त्रालयले एक साताभित्र ४ लाख थान भित्रिने जानकारी दिएको छ।
परराष्ट्र-ओबर्थर सम्झौतामा उल्लेख गरिएभन्दा दुई साता ढिला एमआरपी आइपुगेको हो। भदौ ११ गते भएको सम्झौताअनुसार दुवै पक्षले हस्ताक्षर गरेको ७० दिन कात्तिक १९ भित्र पहिलो खेप ४ लाख थान भित्रिनुपर्थ्यो।

0 comments:

Post a Comment