Thursday, November 18, 2010

राजेशको कपाल चट


लामो कपालमा लामो समयदेखि नेपाली सिनेमाको बादशाह बनेका राजेश हमालले नयाँ लुक्स पाएका छन्, नयाँ लुक्समा राजेशसँग लामो कपाल छैन् । राजेशले लामो कपाल हल्लाउँदा हल्लिने नेपाली सिनेमा उद्योग अब के उन्को छोटो कपालदेखि पनि हल्लिएला ? त्यसका लागि भने चलचित्र ‘फर्कि आउ’ कुर्नुपर्ने हुन्छ । किनकि राजेशको यो नयाँ गेटअप त्यही चलचित्रका लागि हो । राजेश फर्कि आउमा एउटा प्रहरी अधिकृतको भूमिकामा छन्, यही भूमिकालाई जीवन्तता दिनका लागि राजेशले कपालसँग नयाँ एक्सपेरिमेन्ट गरेका हुन् । त्यसो त बलिउडमा नयाँ फिल्मका लागि नायक नायिकाहरु नयाँ गेटअपमा देखिन्छन् । तर कलिउडमा भने राजेशले यस अघि युगदेखि युगसम्मका लागि नयाँ गेटअपमा देखिएका थिए भने यसपटक यो नयाँ चलचित्रमा ।
पुरै गर्धन ढाक्ने राजेशको कपाल अव एक इन्चको मात्र भएको छ । राजेशको यो कपाल व्युटिसियन सान्द्रा पुनले काटेकी हुन्, त्यसैले त यो कस्तो कट हो भनेर सोध्ने पत्रकारलाई राजेशले जवाफ दिंदै थिए, यो सान्द्रा कट हो ।

0 comments:

Post a Comment