Saturday, November 20, 2010

बैङ्ककको गुम्बामा सत्र सयभन्दा बढी मानव भ्रुण भेटिए


बैङ्कक। थाइल्याण्डको प्रहरीले आज राजधानी बैङ्ककस्थित एक बौद्ध गुम्बाबाट अवैधानिकरुपमा गर्भपतन गराई राखिएका करिब १७ सयवटा भू्रण भेटेको जनाएको छ ।समाचारमा दुई हजार भन्दापनि बढी यस्ता भू्रण सो मन्दिरमा प्लास्टिकको झोलामा बेरेर राखिएको अवस्थामा भेटिएको बताइएको छ । गैरकानुनीरुपमा गर्भपतन गराई ती भ्रूण सो मन्दिरको परिसरमा राखिएको र प्रहरीले अनुसन्धानका क्रममा ती सबैजसो भ्रूण भेटेको जनाएको छ । यो हप्ताको सुरुमा प्रहरीले गरेको एक अनुसन्धानका क्रममा करिब साढे तीन सय वटा यस्ता भू्रण भेटिएपछि प्रहरीले सोही मन्दिरमा थप अनुसन्धान गरेको थियो ।प्रहरीले सो प्रयोजनका लागि अनुसन्धान गर्न उक्त गुम्बाका दुइजनालाई नियन्त्रणमा लिई यसै हप्ताको सुरुदेखि अनुसन्धान थालेको थियो । बैङ्कक प्रहरीको सो क्षेत्रका कमाण्डर कर्णेल सोमबात मिलिन्ताजिन्दाले भने आजसम्मको अनुसन्धानबाट सो गुम्बाबाट एक हजार ६५४ वटा भ्रूण भेटिएको छ । ती भू्रणमध्ये कतिपय वर्षदिनदेखि सो गुम्बामा भण्डारण गरेर राखिएको पाईएको पनि ती प्रहरी अधिकारीले जानकारी दिए । यो समाचारले थाईल्याण्डलाई नै निकै स्तब्ध तुल्याएको बताईएको छ । आजविहानै देखि त्यहाँका सञ्चारमाध्यमहरुले यो समाचार शम्प्रेषण गरिरहेका छन् ।यो घटनाले थाईल्याण्डको कानुनको खिल्ली उडाएको पनि केही समाचारमा विश्लेषण गरिएको छ । यदि कुनै बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा नकारात्मक असर पर्छभने र कुनै महिलाको गर्भ बलात्कारबाट रहेको छ भने त्यस्तो अवस्थामा मात्र थाईल्याण्डमा गर्भपतन गराउनन पाउने कानुनी प्रावधान छ । थाई प्रधानमन्त्री अभिजित भिजाजिभाले यो घटनालाई नर्दियीताको नमूनाका रुपमा टिप्पणी गर्नुभयो । तर उहाँले थाइल्याण्डमा गर्भपतनको कानुनी मान्यताका बारेमा कुनै टिप्पणी गर्न भने मान्नुभएन । त्यहाँ यससम्बन्धी कानुनको आवश्यकताका बारेमा कुनै सुझाव नदिई उहाँले यससम्बन्धी प्रावधान देशमा खुकुलो नै रहेको बताउनुभयो ।
एक तथ्याङ्कअनुसार थाईल्याण्डमा वर्षेनी करिब दश लाख महिलाले गर्भधारण गर्ने गर्दछन् । यी मध्ये करिब ८० हजार गर्भ गैरकानुनीरुपमा नै पतन गराउने गरिएको अनुमान रहेको छ । एएफपी

0 comments:

Post a Comment