Monday, November 15, 2010

हैटीमा नेपाली शान्तिसेनामाथि आक्रमण

न्यु ह्याम्सर ९अमेरिका, कार्तिक ३० - हैजा फैलाएको आरोप लाग्दै आएको हैटीस्थित नेपाली शान्तिसेनामाथि सोमबार आक्रमण प्रयास भएको छ । तीन सातामा हैजाबाट मर्नेको संख्या एक हजार कटेको छ भने प्रभावित हुनेको संख्या ११ हजार पुगेको छ । हैटीको दोस्रो ठूलो शहर क्याप-हैटियनमा बिहान ६ बजेदेखि भडकिएको दंगाले संयुक्त राष्ट्रसंघीय सेनामाथि ढुंगा र बोतल प्रहार गरेका थिए । प्रदर्शनकारीले शहर नै पुरै ठप्प पारेका थिए । दुइ प्रहरी पोस्ट जलाइए । बाटोबाटोमा आगो बालिएको थियो । आफ्नो बचावटका लागि शान्तिसेना र हैटिका सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरी हुल हटाएको थियो । दोहोरो झडपबाट १२ हैटी नागरिक र ७ शान्तिसेना घाइते भएका छन् ।
प्रदर्शनकारीले गत अगस्तमा भएको एक युवाको मृत्युको आरोप पनि नेपाली शान्तिसेनामाथी लगाएर रिस पोख्न खोजेको थिए । शान्तिसेनामा गएका नेपाली सेनाका कारण फैलिएको ठानिएको उक्त हैजा, भिब्रिओ कलेरा हो । नेपाल र संयुक्त राष्ट्रसंघले भने शान्तिसेनामाथि लागेको आरोपलाई अस्विकार गरेका छन् । अमेरिकाको स्वास्थ्यसम्बन्धी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले यो हैजा दक्षिण एसियाली मुलको हो भनेको छ । तर नेपाली शान्तिसेनाकै कारण भएको हो भन्ने प्रमाणित भएको छैन । स्थानिय आर्टिबोनाइट नदिको माध्यमबाट हैजा फैलिएको हो । नेपाली सेना त्यहाँ गएर बसेको एक सातापछि अक्टोबर २२ मा महामारी सुरु भएको हो । नेपाली सेना आउनुअघि मध्यपश्चिम तथा पश्चिममा हैजा देखिएको थियो । यो मुलुक उत्तर र दक्षिण अमेरिकाको करिब बीचमा पर्ने क्यारेबियन देश हो

0 comments:

Post a Comment