Monday, November 15, 2010

दक्षिण कोरियामा एक नेपालीको मृत्यु


दक्षिण कोरिया, कात्तिक २९ । कामका लागि दक्षिण कोरियामा आएका एक नेपाली यहाँ मृत अवस्थामा भेटिएका छन् ।
इपिएस कोटा प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न आएका चितवनका दिनेश अधिकारी मृत भेटिएका हुन ।
शुक्रबार राती साथीहरुसँग मदिरा पिएका अधिकारी अर्को दिन इछोन स्थिति निवास नजिकै मृत भेटिएका हुन् ।
स्थानीय प्रहरीले उनको हत्या भएको आंशका गरेको छ । यहाँ स्थिति नेपाली दुतावासले पनि उनको अवस्थाको बारेमा निरन्तर प्रहरीसाग सम्पर्क गरीरहेको जनाएको छ ।

0 comments:

Post a Comment