Saturday, November 20, 2010

विहे नगरी सँगै बस्ने अमेरिकी बढे


वासिंगटन, 4 मंसिर
परिवारहरू चालू वर्षो थ्यांक्सगिभिङ नामको समारोहमा भेला हुने तयार भइरहँदा प्रत्येक तीनमा एकजना अमेरिकी बालबालिका कि पारपाचुके गरेका, कि अलग्गिएका त्यसो नभए विवाह नै नगरेका अभिभावकसँग बसिरहेका छन् । यहाँका बढीभन्दा बढी मानिसले परिवार हुनका लागि विवाह आवश्यक छैन भन्ने विचार स्वीकारिरहेका छन् ।
पिउ रिर्सच सेन्टरले टाइम म्यागजिनको सहकार्यमा गरेको एक अध्ययनले अमेरिकी परिवारको तीब्र गतिमा भइरहेको परिवर्तनकारी अवधारणामा प्रकास पारेको छ । र जनगणना विभागले पनि गरिबीको मापन गर्दा परिवारको वृहत् परिभाषालाई समाविष्ट गर्ने योजना बनाएको छ । बिहे नगरी सँगै बस्ने जोडीको संख्यामा हालसालै आएको बढोत्तरीलाई यो परिवर्तनको कारक मानिएको छ । १८ वर्षन्दा कम उमेरका करिब २९ प्रतिशत बालबालिका त्यस्ता अभिभावकसँग बसेका छन् जो कि त अविवाहित छन् कि विवाह विच्छेद गरिसकका । सन् १९६० को स्थितिसँग तुलना गर्दा यो पाँच गुणा बढी भएको बिहीबार र्सार्वजनिक गरिएको पिउ प्रतिवेदनले स्पष्ट पारेको छ । यो भन्दा पनि खराब त करिब १५ प्रतिशतका अभिभावक कि त पारपाचुके गरेका छन् नभए छुट्टएिर बसेका छन् । १४ प्रतिशतका अभिभावक अविवाहित छन् । यी दर्ुइ समूहभित्रको उल्लेख्य हिस्सा अर्थात ६ प्रतिशतका अभिभावक त्यस्ता छन् जो सँगै बसेर बच्चा हर्ुकाउन चाहन्छन् तर विवाह गर्न चाहँदैनन् । वास्तवमा करिब ३९ प्रतिशत अमेरिकीले विवाहलाई मिति गुज्रेको चलन ठान्छन् । सेप्टेम्बरमा जारी अमेरिकी जनगणना तथ्यांकले विवाह गर्नेको संख्या इतिहासमै सबैभन्दा तल्लो बिन्दुमा पुगेको देखाएको बेला अमेरिकीहरूको विवाहसम्बन्धी धारणा प्रकट भएको छ । जनगणना तथ्यांकले १८ वर्षनाघेका ५२ प्रतिशत अमेरिकीले मात्रै बिहे गरेको देखाएको छ । सन् १९७८ मा २८ प्रतिशत अमेरिकीले मात्रै विवाहलाई मिति गुज्रेको चलन मान्थे ।
परिवार केले बनेको हुन्छ भन्ने प्रश्नमा बहुसंख्यक अमेरिकीले बच्चा भए पनि नभए पनि वैवाहिक जोडी हुनुपर्ने स्वीकार गरे । तर, र्सर्वेक्षणमा सहभागी पाँचमध्ये चारजना अविवाहित, बच्चासहितको विपरीतलिंगी जोडी या एक्ला अभिभावक छन् । पाँचमध्ये तीनजनाले बालबालिकासहितको समलिंगी दम्पत्तिलाई पनि परिवारको संज्ञा दिए ।

0 comments:

Post a Comment