Wednesday, November 17, 2010

अमेरिकामा नेपाली झण्डा फहराइने


बाल्टिमोर । नेपाली झण्डा अमेरिकामा फहराउने भएको छ । संयुक्तराज्य अमेरिकाको एतिहासिक सहर फिलाडेलफियाको विश्व प्रसिद्ध संग्राहलय अगाडि रहेको बेन ˆयांकलिन पार्कमा नेपाली झण्डा फहराइन लागेको हो ।
नोभेम्वर १९ का दिन एक विशेष समारोहकाबीच फिलाडेलफिया सहरमा मेयर माइकल नटरले झण्डोत्तलन गरी सोही स्थानमा सदाको लागि नेपाली झण्डा फहराइने छ ।
यहाँ स्थिति नेपाली जनसम्पर्क समितिका सदस्य विमल मोक्तानले सबै नेपालीहरुलाई त्यसदिन उपस्थित भई कार्यक्रमको शोभा बढाउन आग्रह गर्नुभएको छ । सोही कार्यक्रममा नेपाली विद्यार्थीहरुले अमेरिकाको राष्ट्रिय गान गाउने कार्यक्रम रहेको छ ।

0 comments:

Post a Comment