Monday, November 15, 2010

पूर्वराजा ज्ञानेन्द्र शाह भारततर्फ


काठमाडौं, कात्तिक २९ । धार्मिक भ्रमण भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलका साथ सोमबार भारत गएका छन् ।

जेट एयरको विमानबाट उनी सोमबार मध्यान्ह भारत प्रस्थान गरेका हुन् ।

दुई साता लामो भ्रमणका लागि भारत गएका पूर्वराजा ज्ञानेन्द्रले उच्च राजनीतिक भेटघाट पनि गर्ने स्रोतले जनाएको छ । नेपालमा राजनीतिक गतिरोध लम्बिरहँदा पूर्वराजाको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।

0 comments:

Post a Comment