Monday, November 15, 2010

धनी बन्नुछ? अंक गणित कस्तो छ?


के तपाई अंक गणितमा राम्रो दख्खल राख्नु हुन्छ ? के तपाई गणना गर्ने कार्यमा निकै तेज हुनुहुन्छ । यदि त्यसो हो भने सम्भावना धेरै छ कि तपाई अरुको तुवनामा निकै धेरै आम्दानी गर्नु हुन्छ होला । यदि तपाईकी श्रीमति पनि अंक गणनामा तेज छिन् भने तपाईको धनी बन्ने सम्भावना अरु पनि बढ्नेछ।
एउटा नयाँ शोधका अनुसार जुन युगल जोडी अंक गणनामा तेज छन् उनीहरु आफ्नो जीवनको मध्यकालमा अन्य व्यक्तिको तुलनामा धेरै कमाउने गर्दछन् । रैंड कर्पोरेशन जुन कि एउटा गैरव्यवसायिक शोध संस्थान हो को लेबर मार्केट्स एण्ड डेमोग्राफी स्टडिजका अनुसार अंकको गणनामा निपुर्ण व्यक्ति अधिक कमाई गर्दछन् । यो शोधका लागि केही युगल जोडीसँग अंकमा आधारित प्रश्न सोधिएको थियो र उनीहरुको आम्दानीको जानकारी पनि लिइएको थियो ।
यो अभ्यासबाट थाहा हुन्छ कि जुन युगल जोडी अंकको गणनामा तेज थिए उनीहरुको आय अनुपात १७ लाख डर वर्षमा थियो। तर जुन जोडी अंक गणनामा कमजोर थिए उनीहरुको वार्षिक आय मुस्किलले २ लाख डलर मात्र थियो ।
शोधकर्ताहरुका अनुसार अंक गणनामा निपूर्ण व्यक्तिले यदि घरको वित्तीय निर्णय लिने गरेको छ भने यस्तो निर्णय सामान्यतः सही हुन्छ र त्यसबाट लाभ आर्जन हुन्छ तर गणितमा कमजोर व्यक्ति लाभ र हानीको हिसाव ठिकसँग गर्न सक्दैनन र वित्तीय निर्णय लिनमा पनि झन्जट महशुस गर्दछन् त्यसैले उनीहरु पैसा कमाउने धेरै मौका गुमाछन् ।
अंक गणनाहरु बाल्यकालमा विद्यालयहरुमा सिकिन्छ । तर केही व्यक्तिमा यो क्षमता नैसर्गिक रुपमै राम्रो हुने गर्दछ। यो एउटा कला हो जुन सिक्न त सकिन्छ तर यसमा पारङ्गत हुनु नैसर्गिक रुपले निर्भर हुने गर्दछ। एजेन्सी

0 comments:

Post a Comment