Monday, November 15, 2010

पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्न संसदमा पत्र

काठमाडौं,कात्तिक २९ । संबिधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएको घोषणा गर्न सभामुख सुवासचन्द्र नेम्बाङसँग माग गरेको छ ।

सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा पौडेललाई प्रधानमन्त्री घोषणा गर्न लिखित माग गरेको हो ।

हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको निर्णय अनुसार पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गरिनुपर्ने माग कांग्रेसले संसदमा बुझाएको काँग्रेसका एक नेताले बताए । संसदमा बुझाएको पत्रमा संसदीय दलका सचिव महेन्द्र जिसीले हस्ताक्षर गरेका छन् ।

0 comments:

Post a Comment