३ मंसिर, काठमाण्डौं । बजेट पेश गर्ने क्रममा माओवादीद्वारा हातपात गरिएका अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदभित्रै आफुमाथि आक्रमण हुँदा मर्यादापालना र मन्त्रीको सुरक्षासमेत नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।
बजेटमा अबरोध भएपछि सरकारको तर्फबाट संबिधानसभा भवन राती साढे ११ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पाण्डेले माओवादी आक्रमणले राज्य ब्यबस्था, बजेटको गोपनियता र संसदभित्रको मर्यादामा समेत प्रश्नचिन्ह उठेको बताउनुभयो ।‘माओवादी नेताहरुले हामी बिरोध गरेको जस्तो गरेर प्रतिपक्षीको भूमिका निभाउँछौं, तपाईहरु बजेट पेश गर्नुहोला भन्नुभएको थियो’- अर्थमन्त्रीले भन्नुभयो-’सोहीअनुसार म बजेट पेश गर्न जाँदा माओवादी संसदले म माथि हातपात गरे, घाँटीमा घाउ पनि लागेको छ ।’ संसदभित्रका मर्यादापालकले मन्त्रीको सुरक्षा गर्न नसकेको भन्दै सभामुखसमक्ष मन्त्री र सांसदहरुले ध्यानाकर्षण गराएको भन्दै छानविन गरेर कारवाही अघि बढाउनुपर्ने अर्थमन्त्रीले बताउनुभयो ।
बजेटमा ल्याउने कार्यक्रमबारे माओवादी उपाध्यक्ष बाबुराम भट्टराईसंग छलफल गरेको सोहीअनुसार कार्यक्रमहरु थपघट गरिएको भन्दै अर्थमन्त्री पाण्डेले बिहिबार तीन दलका शीर्ष नेताहरुवीच भएको सहमतिमा बुझाई उल्टो हुँदा समस्या आएको बताउनुभयो ।
0 comments:
Post a Comment