Wednesday, November 17, 2010

कान्तिपुर टेलिभिजनको प्रशारण अमेरिकामा


कान्तिपुर टेलिभिजनले बुबुधबारदेखि अमेरिकामा आफ्नो प्रशारण विस्तार गरेको छ । विश्वकै ठूलो मध्ये मानिने डि टी एच कम्पनी डिस नेटवर्क मार्फ कान्तिपुर टेलिभिजनले आफ्नो प्रशानरण अमेरिकामा विस्तार गरेको हो ।
डिस नेर्टवर्कले एक विज्ञप्ति जारी गरी नेपालको उत्कृष्ट टेलिभिजन च्यानल कान्तिपुरले डिस नेटवर्क मार्फत अमेरिकामा प्रशारण विस्तार गर्न पाउदा गौरब महसुस भएको जनाएको छ ।
टेलिभिजनका प्रवन्ध निर्देशक कैलाश सिरोहियाले प्रशारण विस्तारबाट अमेरिकामा बस्ने नेपालीलाई नेपालको सूचना र गतिविधिसंग जोड्ने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । डिस नेटवर्कले भने नेपालको र्सवश्रेष्ठ च्यानललाई अमेरिकी दर्शकमाझ पुर्‍याउन पाउंदा गौरव मानेको उल्लेख गरेको छ ।
नेपाली च्यानल अमेरिकी दर्शक माझ दिने डिस नेटवर्क पहिलो अमेरिकी कम्पनी हो । डिस नेटवर्कको अन्तर्राष्ट्रिय कार्यक्रम हेर्ने उपाध्यक्ष क्रिस कुइलिङले अमेरिकामा बसोबास गर्ने नेपालीले अब आफ्नो जन्मस्थलको महत्वपूर्ण समाचार र मनोरञ्जन पाउन सक्ने बताउनुभयो । अमेरिकामा कान्तिपुर टेलिभिजन डिस नेटवर्कको ७ सय ५७ च्यानल मार्फत हेर्न सकिने छ । प्रतिमहिना २० डलरमा अमेरिकामा कान्तिपुर टेलिभिजन हेर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ । कान्तिपुर समाचार, कान्तिपुर आज, कल कान्तिपुरलगायत लोकप्रिय कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रसारण गर्दैआएको छ ।

0 comments:

Post a Comment