Saturday, November 20, 2010

एशियालीलाई अब स्कुलमै सेक्स….


एशियाली मुलका बिद्यार्थीलाई सेक्सका बारेमा कम जानकारी रहेको भन्दै न्यूजिल्याण्डको एक बिजनेस स्कुलले बिद्यालयमै यौन शिक्षा दिने भएको छ ।न्यूजिल्याण्ड हेराल्डका अनुसार अकुल्याण्ड कोनकोर्डिया स्कुल अफ बिजनेसले आफुकहाँ आएका अधिकांश एशियाली मुलका बिद्यार्थी सेक्सबारे अनबिज्ञ भएको भन्दै अनिवार्य सेक्स क्लास सुरुवात गर्ने भएको छ । अभिभावकभन्दा टाढा खुला समाजमा कसरी सेक्सलाई ह्याण्डिल गर्ने र सेक्स स्वतन्त्रतालाई उपभोग गर्ने भन्नेबारेमा सिकाउन यस्तो कक्षा सुरु गर्न लागिएको म्यानेजर फुवाले बताए । एशियाली मुलका बिद्यार्थीमा सेक्सबारे जानकारी कम रहेको र उनीहरुको बिद्यालय शिक्षामा यौन शिक्षालाई अनिबार्य बिषय नबनाएका कारण पश्चिमी खुला समाजमा घुलमिल हुन गाह्रो हुने म्यानेजरले बताए । न्यूजिल्याण्डको एक सर्भेले गर्भपतन गराउनेमध्ये धेरै एशिलायी मुलका रहने गरेको तथ्याङ्क अघि सार्दै स्कुलका ती म्यानेजरले त्यसमध्ये पनि धेरैजसो बिदेशी बिद्यार्थी हुनसक्ने शंका ब्यक्त गरे ।
घरपरिवारबाट स्वतन्त्र भएको र टाढा भएको ठानेर सेक्सलाई लार्पवाहीपूर्व प्रयोग गरेको भन्दै सेक्सलाई जिम्मेवारीपूर्वक लिन औपचारिक शिक्षा दिन लागिएको बताइएको छ । जे होस आफ्नो घर परिवारमा सेक्सबारे खुलेर छलफल गर्न नपाएका एशियालीले न्यूजिल्याण्डको स्कुलमा भने त्यसको गतिलो स्वाद लिने भएका छन् । छैन त काईदा ?

0 comments:

Post a Comment