Tuesday, November 16, 2010

कञ्चनपुरमा १६ सय समलिङ्गी

३० कात्तिक, कञ्चनपुर । कञ्चनपरुमा कार्यरत एक संस्थाले जिल्लाभरमा एक हजार ६०० समलिङ्गी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै प्रशंसा संरक्षण समूहका अध्यक्ष महादेव भट्टले कञ्चनपुरको १९ वटै गाविस र नगरपालिकामा गएर तथ्याङ्क संकलन गरिएको बताए ।
समूहले कार्यक्रम सञ्चालन गरेको पहिलो वर्ष एक हजार ७६ र दोस्रो वर्षमा ५६० जना समलिङ्गी रहेको तथ्यङ्क सार्वजनिक गरेको हो ।
समूहले दुई वर्षको अवधिमा ग्लोबल फन्ड सातौँ राउन्डअन्तर्गतको कार्यक्रममा समलिङ्गीको तथ्याङ्क सङ्कलन, कन्डम वितरण, भिसिटी क्याम्प सञ्चालन र जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको अध्यक्ष भट्टले बताए ।

0 comments:

Post a Comment