Monday, November 15, 2010

राष्ट्रपतिद्वारा साउदी राजकुमार विभूषित


२९ कात्तिक, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाललाई सोमबार महाउज्ज्वल राष्ट्रदीप मानपदवी प्रदान गर्नुभएको छ ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले मानपदवी प्रदान गर्नुभएको हो । राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजकुमार तलाउलाई नेपालको हितका लागि विशिष्ट योगदान पुर्‍याएबापत सो मानपदवी प्रदान गर्नुभएको हो ।
सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले राजकुमार तलाउलाई नेपालको विकास क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै मानपदवी प्रदान गर्ने निर्णय गरेको थियो ।राजकुमार तलाउसँगको भेटमा दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।भेटमा राजकुमार तलाउले नेपालमा आर्थिक लगानीका सम्भावनाबारे अध्ययन गर्ने, सामाजिक क्षेत्रका परियोजनामा सहयोग गर्ने तथा नेपालमा साउदी अरेबियाको राजदूतावास खोल्न पहल गर्ने कुरा राष्ट्रपतिसमक्ष व्यक्त गर्नुभएको थियो ।राजकुमार तलाउले सोमबार नै प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेट वार्ता गर्नुभएको छ । भेटमा दुई पक्षीय हितविस्तारका बारेमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । राजकुमार तलाउले सोमबार नै परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थ मन्त्री सुरेन्द्र पाण्डे, उर्जा मन्त्री प्रकाशशरण महत, सञ्चार मन्त्री शंकर पोखरेल, श्रममन्त्री अफताव आलम र संस्कृती मन्त्री मिनेन्द्र रिजाल लगायत सम्बन्धीत मन्त्रालयका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा नेपालको पर्यटन र विमान सेवामा लगानी सम्बन्धमा छलफल भएको र राजकुमार तलाउ यस विषयमा सकारात्मक देखिनु भएको बताइएको छ । भेटमा तलाउले नेपाल साउदी दूतावास खोल्ने सम्बन्धमा चासो राख्नु भएको थियो । शनिबार नेपाल आउनु भएका राजकुमार तालउ आइतबार भुटानको थिम्पु पुगी आइतबार राति नै नेपाल र्फकनु भएको थियो । राजकुमार तलाउ मंगलबार स्वदेश र्फकनु हुनेछ ।

0 comments:

Post a Comment