Wednesday, November 17, 2010

हैटीमा शान्तिस्थापक २ सेनाको मृत्यु


हैटी । हैटिमा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले हैजा फैलाएको आरोपमा स्थानीयबासीले सेनामाथि गरेको आक्रमणपछि भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।
महामारी फैलनुमा शान्ति सेना जिम्मेवार रहेको आरोप लगाउँदै केही राजनीतिक दलहरुको अगुवाईमा प्रदर्शकारीले सेनामाथि आक्रमण गरेका हुन् । झडपमा सात जना शान्ति स्थापक सेनासमेत घाइते भएको जनाइएको छ ।
स्थानीयबासीले उत्तरी सहर केपहाइटिन, हेन्चीलगायतका विभिन्न सहरमा शान्तिसेनाविरुद्ध प्रदर्शन जारी राखेका छन् । हाइटिबाट विदेशी फौज हटाउनुपर्ने माग गरेका छन् ।
झण्डै एक महिना यता फैलिएको हैजाबाट एक हजार जनाको मृत्यु भइसके पनि सरकार महामारी रोक्न असफल भएको हैटीबासीको आरोप छ ।

0 comments:

Post a Comment