पालुङटार -गोरखा), ६ मंसिर
माओवादीको विस्तारित बैठक चलिरहेको स्थानबाट करिब २० मिनेटको दूरीमा रहेको समुन्द्री गान्धारीको घरमा यतिबेला रुवाबासी छ । रोजगारीका लागि भारत गएका बुवालाई खोजेर ल्याउँछु भन्दै घरबाट हिँडेको छोरो हराएको केही समयपछि आएको खबरअनुसार उनको छोरो माओवादी छापामारमा भर्ती भएको थियो । माओवादीको पालुङटार बैठक छोराको हालखबर बुझ्ने सुनौलो अवसर ठानेकी थिइन्, गान्धारीले ।'२०६० सालमा भोजपुर भिडन्तमा विकासले सहादत प्राप्त गर्नुभयो,' गान्धारी पुत्रसँगै मोर्चामा लडेका अर्जुन लिम्बू 'पावेल'ले विष्मयकारी घटना के सुनाएका थिए, उनी तत्काल मर्ूर्छित बनिन् । मृत्युको सात वर्षछि हराएको छोरोको विवरण गान्धारीका लागि सहय हुने कुरै थिएन । 'विकासको घर पालुङटार हो भन्ने थाहा पाएर घरमा पुगेर फोटो देखाउँदै चिन्नुहुन्छ आमा, भन्नेबित्तिकै उहाँ त बेहोस भइहाल्नुभो,' विस्तारित बैठकमा भाग लिन आएका अर्जुनले भने । बेहोस भएपछि स्थानीयले उनलाई नजिकै रहेको जिल्ला आयर्ुर्वेदिक औषधालयमा पुर्याए । रातभरको उपचारपछि आइतबार बिहान उनी घर र्फकने तयारी गर्दै थिइन् । तर, गाउँलेहरूले उनकी ६० वषर्ीय सासू बाटुली गान्धारीलाई पनि बेहोस अवस्थामा सोही अस्पतालमा ल्याइपुर्याए । बुहारी बेहोस भएको खबरपछि मात्र उनले नाति युद्धमैदानमा लड्दालड्दै सदाका लागि ढलेको दुःखद समाचार सुन्नुपर्यो ।
उपचारपछि सासू-बुहारी घर त फर्किएका छन् तर मनभरि छोरासँग बिताएका क्षणले पिरोलिरहन्छ, उनीहरूलाई । 'घरबाट निस्किँदा भर्खरै १५ वर्षपुगेको थियो, बाँचेको भए अहिले २५ वर्षो लक्काजवान हुन्थ्यो,' विकासकी आमाले गहभरि आँसु पार्दै भनिन् । 'माओवादीकै लागि लामो युद्ध लडयो तर मरेको ६ वर्षम्म पनि खबर दिएनन् बाबु, मेरो गुनासो अब कसले सुन्ला र †' विकासकी आमाले राजधानीसँग भनिन् ।
छोराको मृत्युको खबरभन्दा पनि यतिका वर्षम्म अत्तोपत्तो नदिनु माओवादीको ठूलो बेइमानी ठान्छिन्, गान्धारी । 'कमसेकम खबर गरिदिएको भए काजकिरिया त गर्न हुन्थ्यो,' उनले थपिन् । विस्तारित बैठकको दोस्रो दिन गान्धारी परिवार मात्र होइन, यतिबेला पालुङटार-९ का सबै गाउँले स्तब्ध छन् ।
सहिदका सपना साकार पार्ने प्रतिबद्धता जनाइरहेका माओवादी नेतृत्वसँग उनले प्रश्न गरिन्, 'सहिदका सपना साकार पार्ने गरी पार्टर्ीीे नयाँ रणनीति बनाउन भेला भएका भनेको सुनेकी छु, के अब मेरो पनि सपना साकार होला त -'
शान्ति र समानताका नाममा छोराले ज्यान अर्पण गरे पनि मुलुकमा शान्ति आउनेमा भने गान्धारी अझै विश्वस्त बन्न सकेकी छैनन् । 'सहिदका नाममा के-के भैरा'छ भन्ने सुनेकी छु,' उनले भनिन्, 'छोरो जेका लागि मर्यो, नेताहरूले त्यो ल्याइदिए त मनमा अलि सन्तोष मिल्थ्यो कि †'
0 comments:
Post a Comment