Wednesday, November 24, 2010

निःसन्तानलाई बच्चा जन्माईदिने भन्दै बलात्कार गर्ने पक्राउ


मिथिलेश यादव, राजबिराज, मंसिर ८ - सप्तेरीको धर्मपुर निवासी एक निःसन्तान महिलालाई बच्चा जन्माईदिन्छु भन्दै बलात्कार गरेका एक तान्त्रिकलाई बुधबार राति सप्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दिघवा गाबिस ४ का तान्त्रिक दिनेश राम हुन्। इलाका प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक शिव मुखियाका अनुसार, बच्चाको आकांक्षा बोकेकी ती महिलाको घर पुगेका स्थानीय तान्त्रिक राम निः सन्तान महिलालाई झारफुक गरेर बच्चा पाउने आशिर्वाद दिन्छु भन्दै कोठामा लगेर बलात्कार गरेको पीडितको उजुरीका आधारमा झाक्री रामलाई पक्राउ गरिएको बताए। झारफुक गर्दै कोठा भित्र लगि बलात्कार गर्ने ढोङ्गी तान्त्रिकको थप अनुसन्धान भइरहेको मुखियाले बताए।
बैबाहिक बन्धनमा बाँधिएको एक दशक वितिसक्दा पनि सन्तान नभएपछि उनी बिभिन्न चिकित्सकको उपचारबाट थाकेर तान्त्रिकको बिश्वासमा परेकी हुन्। झाक्रीले भने, मेरो आशिर्वादले शन्तान सुख प्राप्त हुन्छ भन्दै महिलाकी श्रीमानलाई बाहिरै राखेर कोठाभित्र झारफुक गर्छु भन्दै बलात्कार गरेको उजुरी प्रहरीमा परेको मुखियाले बताए। तिन दिन अघि कञ्चनपुर प्रहरीमा पिडित महिलाले दिएको किटानी जाहेरी अनुसार झाक्रीको खोजीमा प्रहरी सक्रिय थियो। प्रहरीको टोलीले तीन दिन पछि बुधबार राति मात्र तान्त्रिकलाई पक्राउ गर्न सफल भएको हो।
बलात्कारपछि तान्त्रिक रामले कसैसँग यो गोपनीयता खोले तन्त्र शक्तिबाट भष्म गरिदिने भन्दै धमक्याएको पीडित महिलाले प्रहरीलाई बताएकी छिन्।

0 comments:

Post a Comment